logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

७८ लाख घुसकाण्ड : अख्तियार पूर्व आयुक्त पाठक ७८ लाख धरौटीमै छुटे


  • राजनीति
  • बुधबार, जेष्ठ १ २०७६

पोखरा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले माग गरेको ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

७८ लाख रुपैयाँ घुस मागेकाे भिडियाे सार्वजनिक भएपछि अख्तयारबाट राजीनामा दिएका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए। आजै भएकाे थुनछेक बहसपछि पाठकसँग विशेषले घुष लिएकाे विगाे रकम बराबर ७८ लाख रूपैयाँ धराैटी माग गरेकाे थियो। अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धराैटी माग गरेकाे हाे।

पाठककाे धराैटीका लागि नेपाल बंगलादेश बै‌ंक ग्यारेन्टी बसेकाेले उनी तारेखमा रिहा भएको विशेष अदालतका उप रजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए।

घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गरेको थियो। २०७५ चैत १२ गते उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो।पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार