logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यौन शिक्षाबारे विद्यार्थीको उत्तर पढेर शिक्षकनै बेहोस


  • राजनीति
  • बिहिबार, जेष्ठ २ २०७६

१४ वर्षकी छात्राले परीक्षामा दिएको एउटा उत्तरले सामाजिक संजालमा तुफान ल्याइदिएको छ ।
पछिल्लो समय विद्यालयमा यौन शिक्षालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । उनलाई यौन सम्पर्कका बेला कण्डम प्रयोग नगर्ने विषयमा प्रश्न सोधिएको थियो । उनको जवाफ देख्दा शिक्षकको होसहवास उड्यो ।

यही जवाफका कारण ती छात्रालाई स्कुलबाटै निकालियो । मारिया नामकी यी छात्रालाई आफ्नो पार्टनरले कण्डम प्रयोग नगर्नको लागि बनाउने बहानाहरु दिइ पार्टनरले त्यस्तो बहाना बनाएमा कस्तो जवाफ दिन्छौ भनेर सोधिएको थियो ।

‘यदि पार्टनरले मसँग कण्डम छैन भन्यो भने ?’ भन्ने प्रश्नको उत्तरमा ती छात्राले सिधै लेखिन् ‘त्यसो भए मसँग योनी छैन ।’ ‘कण्डम किन्न लाज लाग्छ’ भन्ने बहानाको जवाफमा उनले लेखेकी छिन् ‘त्यो तिम्रो समस्या हो । महसँग सेक्स गर्नु छ भने कण्डम चाहिन्छ ।’ स्कुलले ती छात्राको उमेर मात्रै १४ वर्ष भएको र उनको उमेरको हिसाबले ती उत्तर सुहाउँदो नभएको भन्दै उनलाई स्कुलबाट निकालिदिएको जनाएको छ । उनले उत्तर दिन प्रयोग गरेका शब्द उनको उमेरअनुसार पटक्कै ठिक नभएको स्कुलका प्रबन्धकले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार