राजनीति
सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्गो लगाएको छ । बिहीबार बसेको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा अधिकांश जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो ।
स्रोतका अनुसार महरलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीकै जोडबलमा संयोजक बनाइएको हो । मापदण्ड अनुसार अखिलका वर्तमान अध्यक्ष नविना लामा हुनुपर्ने हो तर, महरलाई नबनाउने भए अरु जबज संगठनबारे कुनै निर्णय नै नगर्ने अवस्था आएपछि सहमति गरिएको सचिवालय स्रोतको दाबी छ । भने युवामा दिपशिखालाई अध्यक्ष बनाउन ओली तयार देखिएका छैनन् ।
उता तत्कालीन माओवादी निकट अखिल (क्रान्तिकारी ) का अध्यक्ष रन्जित तामाङले आफ्नो अपमान भएको भन्दै सहसंयाेजक हुन अस्विकार गर्ने संकते गरेका छन् । उनले पार्टी ले आफ्नो मुल्यांकन राम्रोसँग नगरेकाे भन्दै सामाजिक संन्जाल एव छापाहरुमा पाेखिएका छन् ।
यस्तो छ जनबर्गिय संगठन काे भागबन्डा
विद्यार्थी संगठन संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन्
युवामा रामप्रसाद सापकोटा दीपशिखा संयोजक र रमेश पौडेल सहसंयोजक
महिलाको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल
मजदुरमा संयाेजकमा बिनाेद श्रेष्ठ सहसंयाेज जीवन सिम्खाडा
प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी
प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक,
बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक
यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक
जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक ।
मुस्लिम संगठनमा सिराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक
दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक
भुपु सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक तोकिएका छन् भने सहसंयोजक तोकिएको छैन ।
किसान महासंघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ
अपाङ्ग महासंघको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुंगाना,
मानवअधिकार तथा सामाजिक मञ्चको संयोजकमा मीनबहादुर साही र सहसंयोजकमा हुकुम पोखरेल तोकिएका छन् ।
जनजातिमा संयोजक सुरेश आले, सहसंयोजक शेरबहादुर तामाङ,
भूमिहीनको संयोजकमा रामपृत पासवान र सहसंयोजकमा पदम देवकोटा,
खेलकुदको संयोजकमा पुरुषोतम पौडेल, सहसंयोजकमा शिव कोइराला
उद्योग व्यवसायी संगठनको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजक श्याम पाठक तोकिएका छन् ।