logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एक नेपाली युवतीको भारतको राजधानी नयाँ दिल्लीमा सामूहिक बलात्कार


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३ २०७६

पोखरा- एक नेपाली युवतीको भारतको राजधानी नयाँ दिल्लीमा सामूहिक बलात्कार भएको छ। गत आइतबार राति मुम्बई जान लागेकी ती युवती दिल्लीको द्वाराका क्षेत्रमा सामूहिक बलात्कारमा परेकी भारतीय सञ्चारमाध्यमले जनाएका हुन्।

चितवनकी ती २० वर्षीया युवती दाजुलाई भेट्न भनी मुम्बई जान हिँडेकी उनी शनिबार दिल्ली पुगेकी थिइन्। त्यहाँदेखि रेलमा मुम्बई जाने उनको योजना थियो। तर उनी समयमै रेल्वे स्टेशन पुग्न सकिनन्। रेल छुट्यो। रेल्वे स्टेशनमा बसिरहेका बेला चार जना यूवाहरू त्यहाँ बस्नु असुरक्षित हुने बताए। अनि आफू उनीहरूसँग गएको ती युवतीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छन्।

सुरक्षित ठाउँमा जाउँ भनेका उनीहरूले आफूलाई सामूहिक बलात्कार गरेको उनले बताइन्।

बलात्कारी मध्येका एकले पछि उनलाई फेरि रेल्वे स्टेशनमा ल्याएर मुम्बईको रेल चढाइदिएका थिए।

मुम्बई पुगेर उनले वोसिवारा प्रहरी चौकीमा उजुरी दिएकी छन्। प्रहरीले उनको उजुरीविरूद्ध अनुसन्धान भइरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार