logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भाईले आफनै दाईलाई गोली प्रहार गरि हत्या


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३ २०७६

वीरगञ्ज – पर्साको जिराभवानी गाउँपालिकामा भाईले आफनै दाईलाई गोली प्रहार गरि हत्या गरेका छन् ।

जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा टोलका ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाई ४८ वर्षीय शेष फारुकको गोली हानी हत्या गरेका हुन् ।

सेरामुद्धिनले बिहीबार राति आफनै दाई फारुकलाई घरायसी विवादमा कटुवा पेस्तोलले गोली हानी घाइते बनाएका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका फारुकको उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि बिहीबार राति नै नेशनल मेडिकल केलेजमा रिफर गरिएको थियो ।

त्यहाँ पनि उपचार सम्भव हुन नसकेपछि थप उपचारको लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने सेरामुद्धिनलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार