पोखरा- २५६३औ बुद्ध जयन्ति तथा बैशाख पुर्णीमाको अबसरमा आयोजित मोहोरिया मेला एवम भलिबल प्रतियोगिताको आज पहिलो दिन चार खेल समपन्न भएको छ।
बदलिदो मौसम अनि हावाहुरी सहित पानी पर्दा एक दिन ढिलो गति सुरु भएको खेलमा स्याङ्जा वालिङ बुढाकोट, शान्तिदिप युवा क्लव माझकोट,धुर्वतारा युवा क्लव भिरचोक र ताप्राङ युवा क्लव विजयी भएको छ।
पहिलो खेलमा स्याङ्जा वालिङ बुढाकोटले आयोजक सिदार्थ स्म्रिति क्लव बी लाई २५-१९, २५-१२ को सोझो सेटमा हराएको थियो। त्यसैगरी शान्तिदिप युवा क्लव माझकोट र जगत कुना युवा क्लव रुपाताल वीच भएको दोसो खेलमा २५-२३, १६-२५ र २६-२४ को सेटमा शान्तिदिप युवा क्लव माझकोट , तेस्रो खेलमा धुर्वतारा युवा क्लव भिरचोक र सराङ्कोट पोखरा बीच भएको खेलमा २५-१७, २३-२५ र २६-२४ को सेटमा धुर्वतारा युवा क्लव भिरचोक र आजको अन्तिम खेलमा ताप्राङ र अन्नपुर्ण युवा क्लव देउराली बीच भएको खेलमा २३-२५, २५-१६, र २५- १६को सेटमा ताप्राङ बिजयी भएको क्लवका सचिव मोहन रानाले जानकारी दिएका छन। यसै गरी सचिव रानाका अनुसार वाकीँ खेल भोली हुने पनि बताएका छन।
रुपा गाउँपालिका वार्ड न ०६ मोहोरियामा रहेको सिदार्थ युवा क्लवले आयोजना गरेको प्रतियोगितामा २३ टिमको सहभागिता रहेको छ।
मेलामा भलिबल तर्फ प्रथम पुरस्कार ४०,००० द्धितीय पुरस्कार २५,००० साथमा मेडल, शिल्ड र प्रमाण पत्र पदान गर्ने अध्यक्ष थापाले बताए।अनुसाशित टिम, उत्कृट खेलाडी, लिफटर, स्पाईकर को लागी पनि पुरस्कारको ब्यवस्था गरिएको छ।
मेलामा मनोरन्जनको लागी लोपन्मुख कौडा र घाटु नाच प्रस्तुत गरिने छ उनले भने “मेलामा आउने आन्तरिक पर्यटक एव बाह्य पर्यटकको लागी गाउँमै होमस्टेको व्यवस्था पनि रहेको छ।”





रूपाकोट मोहोरिया गाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ हो। पर्यटकिय हिसावले पनि विकासको रुप लिइरहेको यो गाउँमा गुरुङ अनि मगरहरुको बाक्लो बस्ति रहेको छ। परिचित शाही रुट ट्याकमा पर्ने मोहोरिया गाउँ प्राकृतिक मनोरम दृश्यको अबलोकनको लागी समेत उकृष्ट छ। धार्मिक हिसावले परिचित चिसापानी देवी , कौसिला देवी मन्दिर पनि रहेको छ। सांस्कृतिक रुपमा गुरुङ अनि मगरहरुको सोरठी कौडा घाटुँ पनि नियाल्ने मौका पनि पाइन्छ। पोखराबाट पिच सडक मार्फतबाटै लेखनाथ शिशुवा रुपाताल खोला छेउ हुदै रुपाकोट पुग्न सकिन्छ।