logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

‘विप्लव’ले सम्झेकै भोलीपल्ट ‘प्रभाकर’ले पनि यसरी सम्झे विप्लवलाइ…


  • अखिल बिश्वकर्मा
  • शनिबार, जेष्ठ ४ २०७६

प्रतिबन्ध पछि बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जनयु’द्धमा सगै ल’डेका यो’द्धाहरुलाइ स्मरण गरेको भोलिपल्ट पुर्व गृहमन्त्री तथा सत्तारुढ नेकपाका प्रभावशाली युवा नेता जनार्दन शर्माले विप्लवलाइ सम्झिदै प्रतिबन्ध फिर्ता लिएर वार्ता गरि राजनीतिक निकास निकाल्नु पर्ने धारणा राखेकाछन ।

प्रतिबन्ध अगाडी विप्लव सग कुराकानी भै राखेको भए पनि त्यसपछी कुनै सम्पर्क नभएको बताएकाछन । विप्लवले आफ्नै पार्टी निकट अनलाइन टिभीलाइ हिजो र प्रभाकरले रातो पाटी टिभिमा आज अन्तरवार्ता दिदै उक्त धारणा सार्वजनिक गरेकाहुन ।

यु’द्ध मोर्चा संगै भएका साथी सहयो’द्धाले क्रा’न्तिलाइ निकै प्रेमका साथ बुझ्ने भएकोले इमानदार क्रा’न्तिकारीहरु बाट घा’त र बेइ’मानी हुन नसक्ने बताएका थिए ।

विप्लवले हिजो सगै ल’डेका सबै इमानदार माओवादी सहयात्री नन्दकिशोर पुन पासाङ , जनार्दन शर्मा प्रभाकर, शक्ति बस्नेत शुरेससिंहदाइ सम्झिदै मुल नेतृत्वले गलत गरेपछी उनिहरु पछि लागेका तर गलत ब्यक्ति नभएको तर्क गरेकाछन । उनले तत्कालीन मुल नेतृत्वले गलत कदम चालेपछि कमरेडहरूको ठूलै संख्या त्यहाँ पुगेको बताएका छन । उनले त्यहा भएका सबै यो’द्धाहरु हिजैदेखि खराब नभएको तर्क पेश गरेका छन ।

विप्लवले थप्छन ‘हामी सबै अग्निपथमा हिँडेकै कमरेडहरू त हौं। सबैको ज्यान ब’मगोलाभित्रै त थियो। हामी हिमालको हिउँमा पुरिँदा, हिउँद—बर्खाका नदीमा बग्दा, दर्जनौं कमरेडहरूलाई एउटै खाल्डोमा दफनाउँदा, मोर्चामा र’गत र आँसु पुछ्दै देखेका सपना त एउटै त थिए।’

पुर्व गृहमन्त्री तथा सत्तारुढ दल नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले विप्लव नेतृत्वको नेकपालाइ लगाएको सरकारी प्रतिबन्ध फिर्ता हुनु पर्ने धारणा राखेका छन । रातोपाटी अनलाइन टिभिलाइ अंतरवार्ता दिदै प्रभाकरले विप्लव सग वार्ता गरेर बरु एकताको पहल गर्नु पर्ने कुरा बताएकाछन । उनले राजनीति रुपमा पार्टी निर्माण गर्न संगठनात्मक गतिविधि गर्न सबैलाइ अधिकार रहेको भन्दै त्यसलाइ कुन्ठित गर्न नहुने धारणा व्यक्त गरेकाछन ।
विप्लवले यस्तो भनेका थिए

सरकार द्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी कार्यक्रमका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

उनले रातो खबर अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा आफ्नो पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउनुको कारण उल्लेख गर्दै भनेका छन्, ‘प्रतिबन्ध दलाल पुँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति हो । वर्गहितमा खडा गरिएको राज्यभित्र वर्गसङ्घर्ष चलिरहेको अवस्थामा हुने प्रक्रिया हो । यो प्रतिबन्ध हाम्रो हकमा मात्र लागू भएको होइन । राज्यले लगाउने प्रतिबन्ध र जनताले गर्ने प्रतिरोधसँग जोडिएको प्रक्रिया हो । हिजो राणाविरुद्ध भएको आन्दोलनमा जनतामाथि लगाइएको थियो । २००८ सालमा काङ्ग्रेस सरकारले कम्युनिस्ट पार्टीमाथि लगाएको थियो । २०१७ सालदेखि पञ्चायतले काङ्ग्रेस र कम्युनिस्टमाथि प्रतिबन्ध लगायो । जनयुद्ध सुरु भएदेखि काङ्ग्रेस र एमाले मिलेर हामीमाथि प्रतिबन्ध लगाए । अहिले केपी—पीके सरकारले हामीमाथि प्रतिबन्ध लगाएको छ । त्यसैले यो नयाँ कुरा होइन ।’

प्रतिबन्ध लगाएलगत्तै यो सरकारले नेकपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको गि’रफ्तारीलाई लिएर विप्लवले भनेका छन्, ‘जनताको बीचमा बसेर सङ्गठनको काम गरिराखेका हाम्रो पार्टीका स्थायी समितिका सदस्य सुदर्शनलगायत ७ जना केन्द्रीय नेताहरू, घरमा बसिराखेका कार्यकर्ता, महिला, शिक्षक, मजदुरहरूलाई यो सरकारले गिरफ्तार गरेको छ ।’

वर्तमान राज्यप्रणालीका वि’रुद्ध आफ्नो पार्टीले गर्नुपरेको वि’रोधको कारण बताउँदै उनले भनेका छन्, ‘चैतन्य मिश्रहरूले जति नै टाउको फोेरे पनि, जति नै तर्क गरे पनि पुँजीवादी व्यवस्थाले मानव जातिको कल्याण गर्न सक्दैन भन्ने पुस्टि भैसकेको छ । शान्तिप्रक्रियामा आएपछि काङ्ग्रेस, एमालेहरूले नेताहरूको व्यवस्थापन गर्न खोजे, नेताहरूलाई सुखसुविधामा डुबाएर मोजमस्तीमा रमाउने बनाए । देशलाई पुरानै ठाउँमा छोड्ने काम गरे । हामीले प्रचण्डजीलाई भनेका थियौँ– तपाईंहरूले यही बाटो समाउनुभयो भने हामी जाँदैनौँ है । हामीले काङ्ग्रेस र एमालेलाई भनेका थियौँ– तपाईहरूले प्रचण्ड र बाबुरामहरूलाई समातेको भरमा शान्तिप्रक्रिया टुङ्गिँदैन । तर उनीहरूले त्यही गरे । प्रचण्ड र बाबुरामको व्यवस्थापन गर्नेबितिक्कै, उनीहरूलाई समाउनेबितिक्कै भैहाल्छ भन्ने सम्झिए र जनयु’द्धमा उठाइएका जनताका मागहरूको सम्बोधन गरेनन् । त्यसैले फेरि अर्को वि’द्रोहको आवश्यकता परेको हो ।’

वार्ताका बारेमा स्पष्ट पार्दै विप्लवले भनेका छन्, ‘वार्ताका बारेमा स्पष्ट कुरा के भनिएको छ भने जनता र राज्य, वि’द्रोही र सत्ता पक्ष, एउटा राज्य र अर्को राज्य, सङ्घर्षशील शक्ति र दमन गरिराखेको शक्तिका बीचमा वार्ता हुने र भैराखेका छन् । यसको हामी निरपेक्ष वि’रोध वा निरपेक्ष समर्थन गर्दैनौँ । वार्ता हुँदै हुँदैन भन्ने कुरा होइन र सजिलै भैहाल्छ भन्ने पनि होइन । प्रयोगले के साबित गरेको छ भने समस्याहरू आएपछि, स’ङ्घर्ष भएपछि, वि’द्रोह भएपछि वार्ता हुन्छन् । वार्ता पनि राजनीतिको एक भाग हो ।’

वास्तवमा नेकपाले गर्न खोजेको स’ङ्घर्षका बारेमा स्पष्ट पार्दै विप्लवले भनेका छन्, ‘यो क्रान्ति प्रचण्डवि’रुद्धको ल’डाइँ होइन, अहिलेका मन्त्रीविरुद्धको लडाइँ पनि होइन, केपीविरुद्धको ल’डाइँ पनि होइन । यो त पुँजीवादी व्यवस्थाविरुद्धको ल’डाइँ हो । तर उहाँहरू अगाडि आउनुहुन्छ भने कुनै पनि मूल्य चुकाउन तयार छौँ । यहाँ इ’न्का’उन्टरका कुरा आएका छन् । हामीलाई गोली हान्ने कुरा आएका छन् । यस्तो हो भने हामी पुलिससँग किन ल’ड्छौँ, सेनासँग किन ल’ड्छौँ ? यो राज्यका दलालहरूका वि’रुद्ध ल’ड्छौँ नि । त्यस समयमा सोच्नुपर्ने हुन्छ ।’ भिडियाे हेर्नुस्….
प्रभाकरले यस्तो धारणा व्यक्त गरेकाछन

पुर्व गृहमन्त्री तथा सत्तारुढ दल नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले विप्लव नेतृत्वको नेकपालाइ लगाएको सरकारी प्रतिबन्ध फिर्ता हुनु पर्ने धारणा राखेका छन । रातोपाटी अनलाइन टिभिलाइ अंतरवार्ता दिदै प्रभाकरले विप्लव सग वार्ता गरेर बरु एकताको पहल गर्नु पर्ने कुरा बताएकाछन । उनले राजनीति रुपमा पार्टी निर्माण गर्न संगठनात्मक गतिविधि गर्न सबैलाइ अधिकार रहेको भन्दै त्यसलाइ कुन्ठित गर्न नहुने धारणा व्यक्त गरेकाछन ।

उनले गरेको कुराकानीको केहि अंश साभार गरिएको छ ।

अलिकति फरक प्रशंग, हिजो तपाइसँगै यु’द्ध लडेको विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएको छ । हिजो सँगै लडेको समूहलाई प्रतिबन्ध लगाउने निर्णय कसरी गर्यो । त्यसमा तपाईंको कसरी समर्थन रह्यो ?

यसमा विरोध र समर्थनको कुरा होइन । यो पार्टीले गरेको निर्णय पनि होइन, सरकारको निणर््ाय हो । सरकारले निर्णय गरेपछि मात्रै हामीले थाहा पाएका हौँ । तर, घटनाक्रमहरु जुन ढंगले भए, बम विस्फोट भए, मान्छे मरे । सरकारले त्यसकारण निर्णय गरेको हुनुपर्छ ।

यो राज्यका वि’रुद्ध उहाँहरुले कुनै यु’द्ध वा क्रा’न्तिको घोषणा पनि गर्नुभएको छैन । संगठन वा पार्टी निर्माण गर्ने अधिकार उहाँहरुलाई पनि संविधानले दिएको छ । त्यसमा प्रतिवन्ध लाउने कुरा पनि हुन सक्दैन । तर जुन किसिमका घटना भए, अनि मात्रै सरकारले प्रतिबन्ध लगायो ।

तर म सरकार प्रतिबन्धतर्फ होइन वार्तातिर नै लाग्नुपर्छ भन्ने मान्यता राख्छु । विप्लवजीहरु पनि त्यस्ता गतिविधिहरु त्यागेर खुला रुपले राजनीति गर्नुपर्यो, किन भुमिगत हुनुपर्यो ? म आह्वान गर्न चाहान्छु आउनुस् काठमाडौँका मैदान र शहरहरुमा । जनतालाई आह्वान गर्नुहोस्, जनता संगठित गर्नुहोस् । तपाइले राख्न खोजेको विचार के हो जनतालाई भन्नुस्, संविधानले अधिकार दिएकै छ । अहिले ब’म पड्काउनु पर्दैन । हिजो निरंकुशता थियो, त्यो अधिकार थिएन, बोल्न दिइन्नथियो । आज त्यो अवस्था छैन । त्यसकारण म आह्वान पनि गर्छु, तपाईं आउनुहोस् र खुला बहस गरौँ । कम्युनिस्ट पार्टीलाई अझ बृहद एकतामा लैजाउ । सरकारलाई पनि प्रतिबन्ध फिर्ता लिएर वार्ताको माध्यमबाट यो समस्यालाई समाधान गर्न पुनः आग्रह गर्न चाहन्छु ।

वार्ता र संवादबाट फेरि नयाँ एकता गरौँ । म त पार्टी एकतामा निरन्तर लागेको मान्छे हँु । मा’ओवादी फुटेदेखि लागेर माओवादी आन्दोलनलाई पुनर्गठन गर्न नयाँ स्तरसम्म एकता गरियो । बादलजी मणि, मात्रिकाजीहरु आउनु पनि भयो । त्यसपछि पूर्व एमाले र माओवादी केन्द्रलाई एकताबद्ध गर्न पनि भूमिका खेले । अब मेरो काम भनेको विप्लवजीसँग पनि पार्टी एकता गर्ने हो । म त्यो भूमिका खेल्न चाहन्छु ।

सरकारले प्रतिबन्ध फिर्ता गरोस्। गैरकानुनी काम गर्दा सरकारले नियन्त्रणमा लिने कुरा त छदैँछ । अब ल’डाइँ होइन, समाजवादको आधार तयार गर्ने हो भने हामीले जनतलाई फेरि नयाँ ढंगले संगठित गरेर, दलाल पुँजीवादका वि’रुद्ध राष्ट्रिय पुँजीको विकास गरेर, आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर तल्लो वर्गमा राज्यको लगानी गरेर जानुपर्छ ।

तपाईंले एकताको कुरा गरिहाल्नुभयो, विप्लवसँग केही कुराकानी भएको छ कि छैन ?

अहिले कुरा भएको छैन । तपाईंमार्फत अहिले यो भन्दै छु । प्रतिबन्ध लगाउनुभन्दा पहिला हुन्थ्यो । अहिले त उहाँ कहाँ हुनुहुन्छ थाहा नै छैन । भूमिगत हुनुहुन्छ, कसरी कुरा गर्ने ? तर म एकताको समेत उदेश्य लिएर विप्लवजी आउनुुस् भनेर भन्न चाहन्छु । सरकारले पनि वार्ताबाट तपाईंका समस्या समाधान गर्नेछ । सरकार गर्न तयार छ । तपाईं पनि आउनुस् र सरकार पनि त्यो बाटोमा बढोस् भन्न चाहान्छु । विप्लवजीले भनेका कुरा के हुन् ? वैचारिक रुपमा के–के छन् बहस गरेर नयाँ सहमतिका साथ अघि जान सक्छौँ । त्यसकारण विप्लवजीलाई खुला भएर आउन आग्रह गर्छु ।


तर, यति हतारमा विप्लवलाई प्रतिबन्ध लगाउनुपर्ने किन ?

–मैले अघि नै भनेँ, विकसित केही घटनाहरुको कारण त्यो परिस्थिति पैदा भयो । तर अब त्यतातिर नफर्केर सरकारले र उहाँले पनि वार्ताको वातावरण बनाएर समस्याको समाधान गरेर अगाडी बढ्नुपर्छ त्यसका लागि मैले गर्नुपर्ने काम गर्न तयार छु ।

संविधानविरोधी काम गर्नेलाई त यसैपनि सरकारले नियन्त्रणमा लिन सक्छ नि ? सरकारले घोषणा नै गरेर प्रतिवनध लगाउनु पथ्र्यो र ?

–त्यसै भएर मैले भने नि । सरकारले प्रतिबन्ध फिर्ता गरोस्। गैरकानुनी काम गर्दा सरकारले नियन्त्रणमा लिने कुरा त छदैँछ । अब लडाइँ होइन, समाजवादको आधार तयार गर्ने हो भने हामीले जनतलाई फेरि नयाँ ढंगले संगठित गरेर, दलाल पुँजीवादका विरुद्ध राष्ट्रिय पुँजीको विकास गरेर, आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर तल्लो वर्गमा राज्यको लगानी गरेर जानुपर्छ ।

तपाईंले त वार्ताका लागि सार्वजनिक रुपमा आह्वान गर्नुभयो । यसबारे प्रधानमन्त्रीलाई भेटेर विप्लवलाई लगाएको प्रतिवनध फुकुवा गरौँ भन्न सक्नुहुन्छ ?

मैले मेरो प्रतिबन्ध फिर्ता गरोस्सँग कुरा गर्न नसक्ने भन्ने कुरा छैन । मैले कुरा पनि रहेको छु उहाँसग । आफ्नो प्रधानमन्त्री, आफ्नो नेतासँग कुरा, छलफल र संवाद भैरहन्छ ।

त्यसो भए सरकारले कहिलेसम्म विप्लवको प्रतिवन्ध फिर्ता लेला त ?

त्यो मलाई थाहा छैन । त्यो सरकारको कुरा हो । पार्टीको सदस्यको हैसियतले राजनीतिक रुपले समस्याको समाधानको बाटो मैले बताएँ । फिर्ता कहिले लिने भन्ने सरकारले नै जान्ने कुरा हो ।

अव बस्ने पार्टी स्थायी समितिको बैठकमा यो प्रतिबन्ध फिर्ता लिन सरकारलाई पार्टीले निर्देशन दिन सक्छ ?

त्यहाँ यो लगायत धेरै जवाफ दिनुपर्ने विषयहरु छन् । कम्युनिस्ट पार्टीप्रति उठेका प्रश्नहरु छन् र जवाफ दिनुपर्नेछ । हामी ती जवाफ दिनुपर्ने सबै सैद्धान्तिक र व्यवहारिक विषयहरुमा बहस र छलफल गर्छौँ र निश्कर्ष निकाल्छौँ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार