राजनीति
रोल्पा- रोल्पामा नेपाल कम्युनिस्ट पार्टी विप्लवका जिल्ला इन्चार्ज सहितका नेताहरू पक्राउ परेका छन् । थवाङ गाँउपालिका वडा नं। २ निवासी ५२ वर्षीय जिल्ला इञ्चार्ज जयबहादुर रोका (प्रताप), लुंग्री गाउँपालिका वडा नं। १ निवासी ४२ वर्षीय लुंग्री र सुनछहरी गाँउपालिकाका इञ्चार्ज धनबहादुर खत्री (टाइगर) र लुंग्री गाउँपालिका वडा नं। २ निवासी ४२ वर्षीय ईलाका इञ्चार्ज भुपेन्द्र खड्का (गोरे)लाई हतियारसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनीहरूलाई बिहीवार साढे १ बजेतिर लुंग्री गाउँपालिका वडा नं। १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसी दीपक खड्काले जानकारी दिए।
पक्राउ परेकाहरूविरूद्ध शुक्रबार जिल्ला अदालतबाट ५ दिने म्याद थप गरी संगठित अपराध निवारण ऐन २०७४ अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान सुरू भएको प्रमुख खड्काले जानकारी दिए।
उनीहरूलाई ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पा बाट खटिएको प्रहरी सहायक निरिक्षक राजेन्द्रकुमार रानाको कमाण्डमा खटिएको ७ जनाको टोलीले गोप्य सूचनाको आधारमा प्रक्राउ गरेको थियो ।