राजनीति
नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् । स्रोतका अनुसार उनि अखिल क्रान्तिकारीका पुर्व सचिवालय सदस्य हुन ।
जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढी पुर्याइएको छ । पक्राउ परेका थापालाई सोधपुछ र बयानपछि आवश्यक कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।
पक्राउ परेका थापासँग शुरुमा बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीका विषयमा सोधपुछ गरिने प्रहरीले जनाएको छ । उक्त कार्यालयमा ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा वैशाख २३ गते राति अज्ञात समूहले आगजनी गरेको थियो ।
यद्यपि सो समूहले भने अझै घटनाको जिम्मेवारी लिएको छैन । बडीकेदार गाउँपालिकामा ‘विफ्लव’ समूहको सक्रियता बढ्दो क्रममा छ ।