पोखरा- कुकुरको टोकाइबाट गोरखामा ६ जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–४, फुजेलमा घरपालुवा कुकुरको टोकाइबाट घरधनीसहित ६ जना घाइते भएका हुन् ।
मान्छेलाइ टोकेर कुकुर आफैं मरेपछि गाउँले त्रास फैलिएको छ । छाउराले टोकेको भन्दै वेवास्ता गरेर बसेका स्थानीयहरु कुकुर मरेसँगै रेविजविरुद्धको भ्याक्सिन लगाउन अस्पताल धाउन थालेका छन् ।
‘सानो छाउरो हो केही हुन्न भनेर बसे, चार दिनपछि कुकुर मर्यो अनि सबैले कराउन थालेपछि भ्याक्सिन लगाउन गएँ,’ घिमिरेले भनिन् ।
‘गत भदौमा कुकुरले एकैपटक १३ वटा गाइवस्तुलाई टेकेको थियो, हामीले त्यो कुकुरलाई बाधेर राख्यौं, पाँच दिनपछि कुकुर मर्यो अनि गाईवस्तुलाई भ्याक्सिन दिएका थियौं,’ वडा कार्यालयका पशु सेवा शाखाका प्राविधिक ऋषिराम मरहट्टाले भने । त्यसयता कुकुर आतंक नभए पनि केही दिनअघि मान्छेलाई टोकेको उनले बताए ।
प्रचण्डले आफ्नै घरवेटीको बारेमा यस्तो भने ,के होला त कार्वाही ?

पोष्टबहादुर बोगटीको स्मृतिमा नुवाकोटको ककनीमा सुरु भएको कृषि महोत्सवको उद्घाटन गर्नका लागि पुगेका थिए नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड ।
प्रचण्ड त्यहि भत्किएको बाटो प्रयोग गरेर पुगे, जसको काम उनका घरबेटी भनिएका ठेकेदार शारदाप्रसाद अधिकारीले ठेक्का लिएका थिए । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले काम गरेको छैन, स्थानीयवासी त्यसैको विरोधमा आन्दोलितमात्र छैनन्, चेतावनी समेत दिन बाध्य भए संघर्ष समिति गठन गरेर ।
कार्यक्रममा केही वक्ताले प्रचण्डका घरबेटीले नै बाटो नबनाएको र प्रचण्डले त्यसमा दबाब नदिएको गुनासो गरे । यसबारे प्रचण्डले सम्बोधन गरे । उनले अधिकारीसँग आफ्नो कुनै सरोकार नभएको मात्र बताएनन्, ठेकेदार जतिलाई ठिक ठाउँमा राख्न सरकारलाई सुझाव पनि दिए ।
८–९ जना ठेकेदारले मुलुकलाई बन्धक बनाएको बताउँदै उनले कारबाही गर्नका लागि सरकारलाई सुझाव दिए । सो क्रममा आफ्नो बचाऊ गरेका उनले भने,‘म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन । म गएपछि ठेक्का पाएको पनि होइन ।’
ठेकेदारले सरकारसँग ठेक्काको पेश्की लिने र जग्गा र अन्य ठाउँमा लगानी गर्दा काम पूरा हुन नसकेको पनि बताए । ठेकदारको एकाधिकार नतोडे जनताले देख्ने गरी प्रगति र समृद्धि आउन कठिन रहेको उनले बताएका थिए ।
अधिकारीलाई कारबाही होला ?
प्रचण्डको यो भनाईपछि सरकारले सडक नबनाउने कन्स्ट्रक्शन मालिक अधिकारीमाथि कारबाहीको डण्डा चलाउन सक्ने देखिएको छ ।
स्थानीय र जनताका सामु नै प्रचण्ड ठेकेदारहरूप्रति आक्रामक र अधिकारीसँगै कुनै लेनादेना नरहेको बताउन नचुकेका कारण स्थानीय सरकारले उनीमाथि कारबाही चलाउन सक्छ ।
प्रचण्डको उक्त भाषणपछि नगरपालिकालाई पनि अधिकारीमाथि कारबाही गर्ने दबाब छैन । प्रचण्डको छत्रछायाँमा रहेको भन्ने परेका कारण नै अधिकारीलाई कसैले छुन सकेका थिएनन् ।