राजनीति
विराटनगर – संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकारहरु जिल्ला प्रशासन कार्यालय परिसरमा धर धरी रोएका छन्।
आइतबार नेपाल प्रेस युनियन मोरङले जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु धरधरी रोएका हुन।
समाचार लेखेको भरमा नयाँ विधेयकले १० लाख रुपैयाँसम्मको जरिवाना सजाय तोक्ने अवधारणा अघि सारेसँगै पत्रकारहरु आन्दोलित हुदै आएका छन्। विरोधका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष विक्रम लुइँटेलले सरकारले ल्याएको विधेयक मान्य नहुने बताए।
त्यसैगरि विरोधका क्रममा प्रेस यूनियन मोरङका अध्यक्ष कुमार लुइटेलले विधेयक कार्यान्वलमा आए यसले स्वतन्त्र पत्रकारिता ध्वस्त हुने बताए। उनले भने, ‘पत्रकारले समाचार लेख्न गोजीमा मोटो रकमको चेक लिएर हिँड्नुपर्ने अवस्था सृजना भएको उल्लेख गरे।
सांकेतिक विरोधका क्रममा करिब ४५ मिनेट पत्रकारहरु रोएका थिए।