राजनीति
नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत पक्ष रहेको उल्लेख गर्दै सूचनाको स्वतन्त्र प्रवाहका बाधा पुर्याउने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले ओली सरकारले ल्याउन लागेकाेे मिडिया बिधयकप्रति असन्तुष्टि जनाउदै लाेकतन्त्रकाेे आधारभुत नियम पालना गर्न सुझाएका हुन् ।
प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने कानुन बनाउन सरकार अगाडि बढिरहेका बेला राजदूत बेरीले सोमबार ट्विटमार्फत भनेका छन्, ‘नेपालका नेताहरुले मसँग लोकतान्त्रिक स्वतन्त्रताका निरन्तर आफ्नो प्रतिबद्धता जनाएका छन् । प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत पक्ष हो र नियम, कानून एवं कार्यहरुद्वारा सूचनाको स्वतन्त्र प्रवाहमा बाधा पुर्याउने कोसिसप्रति चिन्तित छु ।’