logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सचिवालय बैठक स्थगित, वामदेव र नारायणकाजी सुटुक्क खुमल्टार !


  • राजनीति
  • आइतबार, जेष्ठ ५ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अचानक स्थगित् भएको छ । अब बैठक कहिले बस्छ ? भन्ने अन्यौलता छ । तर, पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भने सचिवालय सदस्यद्धय बामदेव गौतम र नारायणकाजी पुगेर छलफल गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टीका जनवर्गाीय संगठनहरुको एकता टुँगो लागेकोले अब वैचारिक बहसको सुरुवात गरेका छन् ।

सायद, त्यही भएर होला प्रचण्डले आज पार्टीका प्रवक्तासमेत रहेका नेता श्रेष्ठ र प्रभावशाली नेता गौतमसँग विशेष छलफल गरेका छन् । पोलिटब्यूरो सदस्य घोषणा गर्ने भनिएपनि अर्का अध्यक्ष केपी शर्मा ओली अल्पमतमा पर्ने भएकोले उनकै स्वार्थमा आजको सचिवालय बैठक स्थगित् भएको कुरा बाहिरिएको बेला प्रचण्डले यसरी गोप्य छलफल गर्नुले नेकपाभित्र अब वैचारिक बहस सुरु भएको पनि बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार