पोखरा- २५२६ औ बुद्ध जयन्तीको अवसरमा आयोजित मोहोरिया मेला एव भलिवल प्रतियोगिताको उपाधि राङरुङ युवा क्लब तनहुँले हात पारेको छ। रुपा गाउँपालिका वाड न ६ मा सिदार्थ स्मृति क्लव द्दारा आयोजित मेला एव प्रतियोगितामा राङ्गरुङ युवा क्लव तनहुँले गोर्खा कालिका युवा क्लव खड गाउँ लाई २५-०७ २५-२३को सेटमा हराउदै उपाधी चुमेको हो ।
बिजेता टोली राङरुङ तनहुँले उपाधी सङ्गै ४० हजार नगद ट्रोफी मेडल अनि प्रमाण पत्र हात पारेका छन।यसै गरि उपबिजेता टोली गोर्खा कालिका युवा क्लबले २५ हजार नगद ट्रोफी मेडल सङ्गै प्रमाण पत्र प्राप्त गरेका छन।
बिजेता उप बिजेता टोली दुबैलाई पुरस्कार बितरण गर्दै प्रमुख अतिथी रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले मोहोरिया गाउँले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा गाउँ पालिकाको नाम उच्छ राखेको बताएका छन। राष्ट्रिय भलिवल टोलीको टिम क्याप्टेन इम राना जस्ता खेलाडी उत्पादन गरेको गाउँले खेल सङ्गै बिकासका कामहरु गरि गाउँको अर्को पहिचान राख्न पनि शुभकामना दिए।
“इम राना जस्तो खेलाडी जन्माएका यो गाउँ रुपा गाउँ पालिका भित्रको निकै भाग्यमानी गाउँ पनि हो । किनकी प्रदेश सरकारले बितरण गर्ने होमस्टे गाउँ छनोटमा पनि यहीँ गाउँ परेको छ। गाउँ पालिकाको कार्यालय पनि यहीँ गाउँमा परेको छ” उनले भने ।
गाउँ पालिका भित्रै आफ्नै अस्पताल निर्माण गर्ने घोषणा गर्दै अध्यक्ष ओझाले असार मसान्तसम्म शिलान्यास गर्ने बताए। उनले भने “चुनावको बेला तपाइको घर दैलोमा भोट माग्न जुन स्पिडमा आएका थियौ तेही स्पिडमा अब हामी यो पाँच वर्ष भित्र स्पिडका साथ बिकास गर्दै तपाइहरुलाई हस्तान्तरण गरेर बिदा हुन्छौ। हरेक गाउँ गाउँमा पक्की सडक निर्माण गरिन्छ “। रुपाको पहिचान हरेक क्षेत्रमा मा समृद्धिको अभियान भन्ने नारा लिएर बिकासका योजनाहरु अगाडि बढाउने उनले बताए। यसै अन्तरगर्त रुपा गाउँ पालिका भित्रका वडाहरुमा खेलकुदको बिकासलाई पनि मध्य नजर राखेर एक वडा एक खेल मैदानको योजना पनि लगभग पूरा भएको ओझाले बताए।
उपाधी बिजेता राङरुङ युवा क्लव निकै भाग्यनी पनि साबित भएको छ । पहिलो खेलमानै जिब्रे ढुङ्गा युवा क्लव सङ्ग पराजित भएको राङरुङ प्रतिद्वन्दी जिब्रे ढुङ्गा युवा क्लवले वडा भन्दा बाहिरको खेलाडी समाबेश गरेको भन्दै पोटेस हाले पछी बिजेता बनेका टोली नियम अनुसार बाहिरिएको थियो।यश लगतै खेल पराजित भए पनि राङरुङ अर्को चरणमा प्रवेश गरेका थिए।
अर्को चरणमा प्रबेश गरेका राङरुङले मिलिनियम युवा क्लबलाई २५-२३ २५-२ ,हिम दृश्य युवा क्लवलाई १७-२५ २६-२४ ३०-२८ र तप्राङलाई २५-१९ २५-११ ले हराउदै फाइनल यात्रा तय गरेको थियो।यसै गरि गोरखा कालिका युवा क्लबले बाई परेको आयोजक सिदार्थ स्मृति क्लबलाई २५-१३ २५-१६ , धुर्वतारा युवा क्लब लाई २४-२५ २५-१६ २५-२० ले हराउदै फाइनल प्रवेश गरेका थिए।
खेलमा म्यान अफ दि म्याच राङरुङका १८ बर्षिय लेखमान श्रेष्ठ हाकुले हात पारेका छन। उनले वेष्ट प्लेयरको अवार्ड समेत पाए। यसै गरि खेलको वेष्ट स्पाइकर राङरुङका एलन ठकुरी ,बेष्ट सेभर राङरुङकै आदर्श सुवेदी ,वेष्ट ब्लकर राङरुङकै मदन परियार वेष्ट रेजर राङरुङ्कै रेसम आलेले हात पारे भने वेष्ट डिफेन्स गोर्खा कालिकाका आदेस ठकुरीले लगे।खेल अबधी भर अनुशासित भएको ट्रफी धुर्व तारा युवा क्लवले पाए।
समापन कार्यक्रममा रुपा गाउँपालिका वाड न ६ का अध्यक्ष नारायण गुरुङ,क्लबका अध्यक्ष जित थापा सचिव मोहन राना र पुर्व अध्यक्ष झलक कुमार गुरुङ लगाएतले शुभकामना दिएका थिए।