logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

चुनाव लड्न पैसा र चाकडी गर्नुपर्दो रहेछ : लेखनाथ न्यौपाने


  • राजनीति
  • बिहिबार, कार्तिक १६ २०७४

चर्चित बिद्यार्थी नेता तथा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले पैसा र नेताको चाकडी नगर्दा टिकट नपाएको कुरा बताएका छन् ।

आफ्नो पार्टीले प्रत्यक्ष टिकट नदिए पछि समानुपातिक तर्फको टिकट आफुले अस्वीकार गरेको समेत उनले जानकारी गराए । जनयुद्ध लडेका यी युवा नेता न्यौपाने कुनैबेला अखिल (क्रान्तिकारी)का चर्चित केन्द्रीय अध्यक्षसमेत थिए

 

उनले सामाजिक सञ्जाल फेशबुकमा आफुले पार्टीबाट टिकट नपाउनुका कारण पैसाको चलखेल र खर्चिलो चुनावी प्रकृया भएको खुलाएका हुन् ।

उनले लेखेका छन्, चुनाव लड्न एक करोड लाग्ने रहेछ, नेताहरुको चाकडी गर्नुपर्दो रहेछ त्यो दुबै मैले गरिँन त्यहि भएर टिकट पाईंन । अन्त्यमा उनले लेखेका छन्, चुनाव नैं सबै कुरा होइन, म जे छु खुसी छु, वाम गठबन्धन जिताउने अभियानमा भने लाग्ने छु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार