राजनीति
पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ५० लाखमा ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिन्धुपाल्चोकका लालबहादुर तामाङलाई पक्राउ गरेको हो ।
महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर पक्राउ गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा नेपाली खबर नामक वेवसाइटमा शेयर गरिएको एउटा कन्टेन्टमा उनले त्यस्तो कमेन्ट लखेका थिए ।
‘५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भनेर प्रकाशित सामग्रीमा सलिम यान्जन तामाङ भाइ नामक आइडीबाट उनले ‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेका थिए ।
सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश राखेर सर्वसाधारणमा भ्रम र त्रास फैलाउन खाजेको आरोपममा उनीविरुद्ध साइबर अपराध कसुर अन्तरगत मुद्दा चलाउन लागिएको छ ।
प्रहरी भर्नामा अनियमितता भएको भन्दै नगर कार्यालयमा तालाबन्दी

दमाैली तनहुँ । नगर प्रहरी भर्नामा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेका छन्। नगरपालिकाले दुई जवान तथा एक असईका लागि खुलाएको भर्नाका क्रममा असई नियुक्त भएका व्यक्तिले शारीरिक परीक्षासमेत राम्रोसँग उत्तीर्ण नगरेको भन्दै असन्तुष्टले नगरपालिकामा ताला लगाएर गरेका थिए। भर्नामा आर्थिक चलखेल गरेर अयोग्य व्यक्तिलाई नियुक्त गरिएको भन्दै विरोध गरिएको हो। स्थानीय महादेव गुरुङले आर्थिक प्रभावमा परेर परीक्षा नै उत्तीर्ण नगरेकालाई नगर प्रहरीको प्रमुख बनाइएको दाबी गरे।
नगरपालिकाले शुक्रबार टाँसेको सूचना अनुसार नगर प्रहरीको असईमा नियुक्त टुरका तामाङ नगरपालिकाको कार्यालय सहायक समेत रहेको र उनको प्रभावमा परेर अयोग्य भए पनि उनलाई नियुक्त गरिएको दाबी गुरुङले गरे। यसअघि आन्तरिक सूचनामा रञ्जित श्रेष्ठ उत्कृष्ट भएको भए पनि अन्तिममा प्रभावमा आएर तामाङलाई नियुक्त गरिएको स्थानीयको भनाइ छ।
तामाङ नगरपालिकाका योजना शाखाका कर्मचारी शंकर रानाभाट निकट मानिन्छन्। उनको व्यवसायिक साझेदार समेत मानिएका तामाङलाई रानाभाटकै जोडबलमा नियुक्त गरिएको दाबी स्थानीयको छ।
शुक्रबार कार्यालयमा लागेको ताला प्रहरीले बल प्रयोग गरेर खुलाए पनि असन्तुष्ट पक्षले यस घटनामा निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन्। ‘परीक्षा नै उतीर्ण गर्न नसक्दा पनि जोडबल गरेर तामाङलाई उत्तीर्ण गराइयो,’ नाम खुलाउन नचाहने एक स्थानीयले भने, ‘यहाँ आर्थिक चलखेलमा काम भएको छ।’ उनले गलत कदम नसच्चिँदासम्म आन्दोलन भैरहने बताए। नगरपालिकाले गठन गरेका विज्ञ टोलीले दिएको नतिजामा रञ्जित तामाङले धेरै अंक पाएको दाबी उनका पक्षधरको छ।
तर नगरपालिकाका प्रमुख उदयराज गौलीले भने कुनै प्रभावमा आएर नियुक्त नभएको जिकिर गरे। ‘नम्बर कम आएपछि नाम निस्केन भन्नु गलत छ,’ उनले भने, ‘नतिजामा कुनै पक्षधरता लिइएको छैन।’ उनले विज्ञ समितिले नै नतिजा निकालेकाले यसमा आफूहरुको केही संलग्नता अस्विकार गरे। तर यो कुरा मान्न तयार नभएको विरोधमा उत्रिएका स्थानीयको भनाइ छ।