राजनीति
पचास लाख दिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने भन्ने सोमबार पक्राउ परेका छन् । फेसबुकको कमेन्ट मा ५० लाख दिए प्रधानमन्त्री केपी शर्मा ओली लाई मारिदिन्छु भनेर कमेन्ट गरेपछि एक युवा पक्राउ गरेका छन् ! सिन्धुपाल्चोक घर भएका वर्ष ३४ का तर हाल भने बानेश्वरमा बस्ने लालबहादुर तामाङ लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । तामाङले फेसबुकको दुरुपयोग गरी ५० लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओली लाई मारिदिन्छु भनी एक पोष्टमा कमेन्ट गरेपछि उनी पक्राउ परेका हुन् !
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु’, भन्ने शीर्षकमा प्रकाशित समाचारमा उनले सलिम योञ्जन तामाङ भाइ नामक फेसबुक आइडीबाट उनले कमेन्ट गरेको प्रहरीले जनाएको छ ।महाशाखाले प्रमलाई नै मारिदिन्छु भनी तामाङले जनतामा भ्रम र त्रास फैल्याएकाले पक्राउ गरिएको जनाएको छ। उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ। -स्रोत : थाहा खबर
यो पनि पढ्नुहोस !यी हुन् बलिउडका सबैभन्दा व्यस्त अभिनेत्रीहरू हेर्नुहोस् कसको हात मा कति फिल्म छन् !
काठमाण्डु : यी हुन् बलियुड का सबैभन्दा व्यस्त अभिनेत्रीहरू हेर्नुहोस् कसको हात मा कति फिल्म छन् ! बलियुड का केही अभिनेत्री हरू यति व्यस्त छन् कि सबै आ आफ्नो फिल्म मा व्यस्त छन् ! पछिल्लो समयमा करिना कपुर , अलिया भाट , क्याट्रिना कैफ लगायत का केही बलियुड का अभिनेत्री हरू धेरै नै व्यस्त रहेका छन् कुनै अभिनेत्री को हातमा ४-४ ओटा फिल्म हरू छन् भने कुनै अभिनेत्री को हातमा ३-३ ओटा फिल्म हरू छन् आउनुहोस् हेरौँ कुन बलियुड अभिनेत्री को हातमा कति ओटा फिल्म रहेका छन् !
कुन अभिनेत्रीको हातमा कति फिल्म ?
–आलिया भट्टः

आलिया भट्ट फिल्म ब्रह्मास्त्रलाई लिएर ब्यस्त छन् । यो फिल्ममा उनको अपोजिटमा अभिनेता रणवीर कपूर देखिदैछन् । यस सुपर नेचुरल फिल्मलाई अयान मुखर्जीले निर्देशन गरिरहेका छन् । ब्रह्मास्त्र पछि आलिया इंशाअल्लाह, बुबा महेश भट्टको फिल्म ‘सडक–२’ एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा देखिदैछन् ।
–तापसी पन्नुः

अभिनेत्री तापसी पन्नु आफ्नै कुशल अभिनयका कारण बलिउडमा आफ्नै पहिचान बनाएकी छन् । उनको साथमा ‘मिशन मंगल’, सांड कि आंख’, ‘गेम ओभर’, र ‘थप्पड’ जस्ता फिल्म छन् ।
–क्याट्रिना कैफः

अभिनेत्री क्याट्रिना कैफ अभिनित फिल्म ‘भारत’ ५ जुनबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्ममा उनको अपोजिटमा सलमान खान देखिदैछन् । यसका साथै क्याट्रिना सलमान खानको साथमा एक था टाइगरको तेस्रो पार्टमा देखिनेछन् । साथै उनी ‘सूर्यवंशी’ फिलममा अभिनेता अक्षय कुमारको अपोजिटमा देखिदैछन् ।
–भूमि पेड्नेकरः

भूमि पेड्नेकरको पछिल्लो फिल्म ‘सोन चिडिया’ थियो । अब उनी सांड कि आंख, पति पत्नी और वो, बाला, डाँली किट्टी और वो, चमकते सितारे, तख्त, लगाएतका फिल्ममा देखिदैछन् ।
–श्रद्धा कपूरः

बलिउडकी मष्ट ट्यालेन्टेड अभिनेत्री हुन् श्रद्धा कपूर । उनी अभिनयसँगै डान्स र गायनमा पनि माहिर मानिएकी छन् । अहिले उनी स्ट्रिट डान्सरको सुटिङमा ब्यस्त छन् । यसका साथै उनी प्रभाषको साथमा साहोमा देखिदैछन् । त्यस्तै फिल्म छिछोरेमा उनले मुख्य भूमिकामा देखिदैछन् ।
–कंगना रनौतः

अभिनेत्री कंगना रनौत अहिलेको समयमा ‘मेन्टल हे क्या’ र ‘पङ्गा’को सुटिङमा ब्यस्त छन् । यसका साथै उनी जयललिताको बायोपिक मार्फत साउथ उद्योगमा पनि डेब्यु गर्दैछन् । एक रिपोर्टका अनुसार कंगनाले उक्त फिल्मको लागि भारी रकम लिएकी छन् ।
–करीना कपूरः

करीना कपूरको पछिल्लो फिल्म ‘विरे दि वेडिङ’ थियो । उक्त फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । करीनाले अक्षयकुमार स्टारर् ‘गुड न्युज’को सुटिङ पूरा गरेकी छन् । अहिले उनी अंग्रेजी मिडियम फिल्मको टिमसँग जोडिएकी छन् ।