logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पाल्पामा प्रकाउ परे गुल्मीका दुई किशोरी र एक युवती सहित तीन भारतीय नागरिक


  • राजनीति
  • सोमबार, जेष्ठ ६ २०७६

बुटवल– तीन जना भारतीय नागरिकसहित गुल्मीका दुई किशोरी र एक युवती पाल्पा प्रहरीले समातेर अनुसन्धान गर्दैछ । गुल्मीको सदरमुकाम तम्घास साहुटोलस्थित विन्दवासानी भोजनालयमा काम गर्ने भारतीय नागरिकले गुल्मीकी एउटी १४ वर्षीया, अर्की १५ वर्षीया किशोरी र अर्की २० वर्षीया युवतीलाई नियन्त्रणमा लिइएको पाल्पाका प्रहरी प्रवक्ता कृष्णराज सापकोटाले जानकारी दिए ।

‘विवाह गरि लैजान लागेको बताएका छन्, तीन जना भारतको विहार घर भएका युवाहरुले । हामीले नियन्त्रणमा लिएर ती युवतीका परिवारजनलाई बोलाएका छौं, उनीहरु आएपछि मात्र उजुरी परेमा हामीले गुल्मी प्रहरीलाई पठाउने छौं । अहिले ती युवाहरुको समेत नाम गोप्य राखेका छौं’– डिएसपी सापकोटाले भने ।

मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमा छलफल भएको छैन- माधवकुमार नेपाल

दाङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले गत वैशाख २६ गते संसद्मा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमा छलफल नभएको बताएका छन् र

उनले पार्टीमा छलफलबिना नै विधेयक संसद्मा दर्ता गरिएको हुँदा केही विवाद सिर्जना भएको बताए । प्रेस संगठन दाङको आयोजनामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विधेयकलाई लिएर पत्रकारले असन्तुष्टि जनाइरहेकाले पत्रकारको हित विपरीत भए सच्याइने पनि उल्लेख गरे ।

उनले पछिल्लो समय सञ्चार संस्थामा देखिएको मनपरीलाई भने सच्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

“मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी छ, तर सञ्चार क्षेत्रलाई नै असर पुग्ने गरी विधेयक आउदैन”, उनले भने, “पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएको विकृतिलाई रोक्नका लागि पत्रकारका नेता र राज्यका निकाय अग्रसर हुनुपर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आफ्नै बारेमा पनि पटक पटक पत्रकारहरुले गलत सूचना दिने, गलत टिप्पणी, विश्लेषण गरेकाप्रति असन्तुष्टि जनाउँदै केही सञ्चारकर्मीले गरेको गलत कामको सजाय सबैले पाउन नहुनेमा जोड दिए ।

देशको पछिल्लो अवस्थाका बारेमा कुरा गर्दै उनले भने, “जहाँसुकै बर्बाद भयो, भत्कियो, काम भएन, विकास भएन भन्नेको जमात बढेको छ, तर काम गरेको देख्ने प्रवृति छैन ।” उनले प्रतिपक्षलाई पनि कहिलेकाही सकारात्मक चिन्तनको विकास गरी जनतामा सही सन्देश लैजान आग्रह गरे । सत्ता पक्षको विरोध गर्ने नाममा मनपरी बोल्ने र गलत सन्देश लैजाने परिपाटी ठिक नभएको उनको भनाइ थियो ।

उनले प्रतिपक्षी नेता कार्यकर्ताले राम्रोलाई राम्रो भन्दैमा प्रतिपक्षको अस्तित्व समाप्त नहुने उल्लेख गर्दै सत्य र यर्थाथ बोल्नेको उचाइ झनै बढेर जाने बताए । नेकपामा भइरहेको पार्टी एकताको विषयमा नेता नेपालले पाटीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरका एकता प्रक्रिया टुङ्गिए पनि अन्य तमाम काम गर्न बाँकी रहेको जानकारी गराए । उनले एकता प्रक्रियामा केही कमी कमजोरी एवं ढिलाइ भए पनि आत्ति हाल्नुपर्ने स्थिति नरहेको बताए । – रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार