राजनीति
सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा भेरी ब्युराे इन्चार्ज सितल लाई प्रहरीले आज सुर्खेत बाट गिरफ्तार गरेकाे छ ।केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज सितल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई आज प्रहरीले विनाकारण सुर्खेतबाट गिरफ्तार गरेको हाे ।सुर्खेतको भेरीउत्तरगंगा नगरपालिका ५ भजेनीबाट बिहान ९ बजेतिर घरमा बसिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज सितल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई गिरफ्तार गरिएको बताइएको छ ।उहाँहरु दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय विरेन्द्रनगर सुर्खेतमा राखिएको बुझिएको छ । प्रतिबन्ध पछि स्थायी सदस्य सुदर्शन सहित पाेलिटब्युुुुराे सदस्यहरु माेेेहन कार्कि ‘जिवन्त’ भरत बम ‘रणबिर’ केन्द्रीय सदस्यहरु वसन्त, असल,आदर्श, बन्धु चन्द लगायत सयाै नेता कार्यकर्ता जेल छन्।