logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जेठ ८ गतेकाे राशिफल, कुन राशिका लागि कति शुभ ? हेर्नुस्


  • ज्योपं. सरोज घिमिरे
  • बुधबार, जेष्ठ ८ २०७६

आज बि.स. २०७६ साल ज्येष्ठ ८ गते बुधबार इश्वी सन् २०१९ मे २२ तारीख ज्येष्ठ कृष्णपक्ष चतुर्थी तिथी पूर्वाषाढा नक्षत्र साध्य योग बणीज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा श्रीवत्स योग सुर्य उत्तरायण ग्रीष्म ऋतु जैविक विविधता दिवस ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । स्थाई क्षेत्रमा लगानि गर्ने समय रहेको छ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित साबित हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । शारीरिक अस्वस्थाको सामना गर्नु पर्नेछ । बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । पारीवारिक झोर झमेला को सामना गर्नुपर्ला। शारीरिक आलस्यताले सताउन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ मित्र सहयोग प्राप्त हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

धृष्टता पुर्ण बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

रोकिएर रहेका कार्य सुचारु गर्न राम्रो समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने समान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि जन्य कार्यमा साबधानि अपनाउनु राम्रो हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । सभासम्मेलनमा सरीक हुने तथा पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार