काठमाडौं-परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम उनलाई मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले थाइल्याण्डसँगै विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको थियो ।