राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला स्तरका नेता तीर्थराज घिमिरेको प्रहरीले गोली हानी हत्या गरेपछि सर्वत्र विरोध भएको छ । ओली प्रचण्ड सरकार फासीवादी भएको भन्दै दमनले विचार आन्दोलन नरोकिने भन्दै हत्यको विपक्षमा उभिएका हुन् । उनीहरुले “भीडन्त”, र “दोहोरो मुडभेठ” को नाममा पुरानै शैली अपनाएर गृहमन्त्री बादलले फासिवादी हर्कत देखाएकाे टिप्पणी गरेका छन्।
नेकपा सगरमाथा व्युरो सदस्य शैलेस प्रहरीसंग भीडन्त नभई पक्राउ गरेर गोली हानेको स्पस्ट पारेेेेका छन् । उनले घरमा बसिरहेकाे कार्यकर्ता लाई घर घेराहाली गिरफ्तार गरेर गाेलि हानि हत्या गरिएकाे बताएका छन् । सामाजिक सञ्जालमा गयराती भएकाे उक्त घटनाले निरंकुशता र फाशिवादकाे झल्काे दिएकाेे भन्दै सर्वत्र बिराेध भएकाे छ। कसले के भने ?
नरेन्द्रजंग पिटरले लेखेका छन्–“
भोजपुरमा प्रहरीले गोलि हानी नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेता तिर्थराज घिमिरेको हत्या भएको छ।ुकम्युनिष्टलेे गोली कम्युनिष्टलाइ । अहिले ७० दशकको पश्चिम बंगाल,भारत पढदैछु । एकातर्फ ज्योति बशु अर्कारतर्फ चारू मुजिमदार। बशुलाइ स्थायी सत्ताले उरालेको थियो, बंगालमा अव अफिसियल कम्युनिष्ट चुनावी औकातसम्म राख्नसक्या छैनन् । जनयुद्दकालमा भिडन्तका समाचार उल्टायर पढिन्थ्यो ।भोजपुर हत्याकाण्डले धेरै सन्देश र संकेत दियो ।”
विष्णु पन्तले लेख्छन्–“
इन्काउन्टर गर्नेलाई ईन्काऊन्टरबाटै जबाफ दिनुपर्ने बेला भएको हो त१ भोजपुरमा ईन्काऊन्टरको नाममा गोली हानी घाईते बनाईएका तिर्थ घिमिरेको मृत्युको खबरले आक्रोषित बनायो१ मनलाई तरङ्गित बनायो१ केपिको फासिबादले सिमा नाघ्यो । ”
लेखक सिर्जना ढकाल लेख्छिन्–
“भीडन्त”, र “दोहोरो मुडभेठ” को उही पुरानो शैली । कमरेड बादल र कमल थापावीच फरक छुट्याइँपाउँ सरकार कमरेडहरु ”
युवा नेता जागृत रायमाझी लेख्छन्–
आज भोजपुरमा
तीर्थराज घिमिरेलाई
प्रहरीले गोली हानी हत्या गरेको छ !
उनीहरु क्रान्तिकारीको
संख्या घटाएँ भनेर गदगद होलान !
क्रान्तीको दुरी नजिकिएको अन्दाज गर्न सक्लान ?