logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका इलाम इन्चार्ज गिरफ्तार


  • राजनीति
  • बुधबार, जेष्ठ ८ २०७६

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का इलाम जिल्ला इञ्चार्ज झापाको बिर्तामोडबाट पक्राउ परेका छन्। नेकपाका मेची ब्युरो सदस्यसमेत रहेका इलाम इञ्चार्ज विजय दर्नाल ‘सर्वश्रेष्ठ’ लाई प्रहरीले पक्राउ गरेको हो। सादा पोसाकमा खटिएका प्रहरी टोलीले दर्नाललाई सोमबार साँझ बिर्तामोडबाछ पक्राउ गरे पनि अनुसन्धान भइरहेको भन्दै प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय विर्तामोड राखिएको छ। यता नेकपा मेची ब्युरो संयोजक प्रकाशले इलाम इञ्चार्ज दर्नाललाई तत्काल बिनासर्त रिहा गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन्। कार्यकर्तालाई रिहा नगरिए त्यसको उचित जवाफ दिने प्रकाशले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेखे छ। पछिल्लो समय सरकार विप्लव बिरुद्ध व्यापक दमनमा उत्रिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार