logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु


  • राजनीति
  • बिहिबार, जेष्ठ ९ २०७६

बैतडी- आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । बुधबार राति घरमा आगलागी हुँदा पुरचौडी नगरपालिका –५ कुवाकोटको पुरचौडी नजिकै बसपार्कमा टहरामा बस्दै आएका एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीयाश्रीमती बिन्द्रा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राति १० बजेतिर आगो बाल्ने चुलो नजिकै सुतिरहेका उनीहरुको आगो सल्केर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार