logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राष्ट्रपति भण्डारीले राहदानी विधेयक–२०७५ संसदमै गरे फिर्ता


  • राजनीति
  • बिहिबार, जेष्ठ ९ २०७६

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयक–२०७५ संसदमै फिर्ता गरेकी छन् ।

प्रमाणिकरणका लागि आएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमै फिर्ता गरिएको मंगलबार राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

गत असोजमा प्रतिनिधिसभाले सो विधेयक पारित गरी प्रमाणीकरणका राष्ट्रपति कार्यालय पठाएको थियो ।

संसदका दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने भएपनि प्रतिनिधिसभाले मात्र स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ (३) अनुसार पुनविचार गर्न फिर्ता पठाएकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार