राजनीति
निर्वाचन खारेजी अभियान संचालन गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निवर्तमान उपप्रधानमन्त्री कृष्ण बहादुर महाराको घरमा कालो ब्यानर राखेको छ । नेपाली दस वर्षे जनयुद्ध र क्रान्तिका उपलब्धिलाई धोका र गद्दारी गरेको र यो निर्वाचन प्रकृया पनि थप शोषण र लुटपाट गर्नको लागि गर्न खोजिएको भन्दै बिरोध स्वरुप कालो ब्यानर राखेको बताएको छ । यो पहिलो चरणको सान्केतिक बिरोध मात्र भएको र यसले थप तिब्रता पाउने देखिन्छ ।