logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

कहाँबाट भित्रियो पोखरामा ठुलो मात्रामा लागु औषध ? २ महिला सहित सातजना पक्राउ


  • आश तमु
  • बिहिबार, जेष्ठ ९ २०७६

पोखरा :जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषधसहित २ महिलासहित सातजनालाई पक्राउ गरेको छ। सादा पोसाकमा प्रहरी निरीक्षक सागर पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित एक होटलबाट लागु औषध ओसारपोसार गरी बिक्री वितरण गर्ने सातजनालाई नियन्त्रणमा लिएको हो।

बुर्फिमर्फन ३ सय ४१ थान, डाइजापाम ३ सय ४१, फेनेरागन ३ सय ४१ थान र नाइट्रोसन १ सय चक्कीसहित १२ सय २८ थान बरामद गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए।

लागू औषधसहित पक्राउ पर्नेमा रुपन्देही रोहीणी गाउँपालिका धगधगी बस्ने ४३ वर्षका रामवृक्ष कोहार, सोही स्थान बस्ने वर्ष ४० की तेतरी कोहार, वर्ष २० की सोनम कोहार, पोखरा महानगरपालिका १ का २६ वर्षीय अनिल गुरुङ, पोखरा २८ बस्ने वर्ष २० का शुक्रराज सुनार, पोखार १३ का ४४ वर्षीय बिक्रम विक, पोखरा ३२ का ३४ वर्षीय अजय गुरुङ रहेको उनले जानकारी दिए।

प्रहरी अनुसन्धानको क्रममा डिलरले लागु औषध भित्र्याउन आईएमईमार्फत् रकम भूक्तानी गरेको खुलेको छ। पक्राउ परेकासँग सोधपुछ र अनुसन्धानका क्रममा बोर्डरका जिल्लाबाट पैसा निकाली भारतबाट लागू औषध नेपाल भित्र्याउने गरिएको खुलेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार