logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

यूवा नेता कन्हैयाकुमार लोकसभामा पराजित,हार स्वीकार गर्दै राहुलले दिए मोदीलाई बधाई


  • एजेन्सी
  • बिहिबार, जेष्ठ ९ २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कडा आलोचक तथा यूवा नेता कन्हैयाकुमार बिहारको बेगुसरायबाट लोकसभामा पराजित भएका छन्।

भाजपा उम्मेदवार गिरिराज सिंहले भारतीय कम्युनिष्ट पार्टीका कन्हैयाकुमारको भन्दा झन्डै चार लाख बढी मत ल्याएर जित हासिल गरेका छन्।

गिरिराजले ६ लाख ३ हजार २२ मत पाएका छन् भने कन्हैयाले २ लाख ३६ हजार १३३ मत ल्याएका छन्।

हार स्वीकार गर्दै राहुलले दिए मोदीलाई बधाई

प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बधाई दिएका छन्। कांग्रेस अध्यक्ष राहुलले मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावमा स्पष्ट बहुमत ल्याउने देखेपछि बधाई दिएका हुन्।

बिहीबार नतिजा मोदीको पक्षमा देखिएपछि पत्रकार सम्मेलन गर्दै हार स्वीकार गरेका राहुलले सुरुमै मोदीलाई बधाई दिएका हुन्। राहुलले हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने समेत बताए।

हार स्वीकार गर्दै उनले विचारधाराको लडाईं भने जारी रहने बताए। ‘नरेन्द्र मोदीलाई बधाई छ’, पत्रकार सम्मेलनमा राहुलले भने, ‘विचारधाराको लडाईं जारी छ। कांग्रेसका कार्यकर्ता जोजो हुनुहुन्छ विचलित नहुनुहोस्।’

दुई ठाउँमा उम्मेदवारी दिएका राहुलले एक ठाउँमा पराजित हुनुपरेको छ। उनले जनताको फैसलालाई सम्मान गर्ने बताए। राहुलले उत्तर प्रदेशको अमेठीमा भाजपाकी स्मृति इरानीसँग पराजित भएका छन्। राहुल केरलको वायनाडोमा भने उनी अगाडि छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार