logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्री सांसद कै छोराछोरी निजि महँगा बिधालयमा (कसले कहा पढाउदैछन हेर्नुहोस)


  • राजनीति
  • शुक्रबार, जेष्ठ १० २०७६

गण्डकी प्रदेशका अधिकांश मन्त्री तथा सांसदका छोराछोरी निजी विद्यालयमा पढ्ने गरेको पाइएको छ। अखिल क्रान्तिकारीले संकलन गरेको विवरण अनुसार मन्त्री, सांसद र स्थानीय तहका प्रमुखहरुले आफ्नो सन्तानलाई निजी विद्यालयमै पढाइरहेको पाइएको हो।

अखिल क्रान्तिकारीले सोसम्बन्धी विवरण आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बुझाएको छ। सरकारी विद्यालयको संरक्षण गर्न नीति बनाउने निर्णायक तहमा बस्नेहरुको निजी विद्यालयलाई पोस्ने व्यवहारलाई अन्त्य गराउन दबाबस्वरुप सो विवरण मुख्यमन्त्रीलाई बुझाइएको अखिलका गण्डकी संयोजक क्षितिज सापकोटाले बताए। ‘नीति एउटा बनाउने, व्यवहार अर्कै गर्ने? ठीक उल्टो पाइयो,’ संयोजक सापकोटाले भने, ‘यसको अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो।’

अखिलको संकलन गरेको विवरण अनुसार मन्त्री, सांसद र स्थानीय तह प्रमुखका विद्यालय स्तरमा अध्ययरत सन्तानहरुमध्ये प्रायजसो सबै महँगो निजी विद्यालयमा पढिरहेका छन्। अखिलले संघीय तथा प्रदेश सरकारका मन्त्री तथा सांसद, राष्ट्रिय सभा सदस्य र स्थानीय तहका प्रमुखहरुका सन्तान अध्ययनरत विद्यालयको लागत तयार पारेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार