logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

गोलीकाण्ड : भारतबाट फर्केको एकमहिना नहुदै गोलीको शिकार भए विप्लव कार्यकर्ता घिमिरे


  • राजनीति
  • शुक्रबार, जेष्ठ १० २०७६

जेठ ७ गते मंगलबार दिउँसो भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्र टेम्केमैयुंग गाउँपालिका वडा नं २ को धोद्रे जंगलमा प्रहरीको गोली लागेर घाइते भएका तीर्थ घिमिरेको उपचारका क्रममा ज्यान गयो। उनको धरानस्थित घोपा क्याम्पमा बुधबार विहान ३ बजे ज्यान गएको हो ।

तिघ्रामा गोली लागेको भनिएका तीर्थको अत्यधिक रक्तश्रावका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। ‘घटनास्थलबाट गाडी बाटोसम्म ल्याउन समय लाग्यो, राति सडक अवरुद्ध हुँदा समयमा उपचारका लागि सुविधासम्पन्न ठाउँमा पुर्‍याउन नसक्दा उनको ज्यान गएको हो।

पञ्चायतकालमा बाबु सत्तापक्षमा लागेको अवस्थामा पनि छोराछोरी विद्रोही बन्थे र जेलनेल भोग्थे। भोजपुरको यो घटनामा पनि विप्लव समूहको कार्यकर्ता भएको आरोपमा छोरो मारिए पनि उनका पिता चाहिँ सत्तापक्षीय नेकपाका कार्यकर्ता रहेको बुझिएको छ।

परिवारका सदस्य भन्छन् विप्लवमा लागेको थाहा थिएन!

परिवारका सदस्यले बताएअनुसार तीर्थ घिमिरे कुनै पार्टीमा लागेको उनीहरुलाई थाहा नै थिएन। घटना सुनेपछि आफूहरु छाँगाबाट खसेझैं भएको बताउँदै बुवा रिमानाथ घिमिरेले गत मंगलबारदेखि छोरासँग आफ्नो सम्पर्क नभएको बताउनुभयो। ‘समाचारमा आएजस्तो नाम ठेगाना मिले पनि उमेर नमिल्दासम्म विश्वास थिएन, तर पछि अस्पतालमा बुझ्दा यकिन भयो ’ तीर्थका काका ललित घिमिरेले भन्नुभयो।

२५ वर्षीय तीर्थका श्रीमती र तीनवर्षका एक छोरा छन्। परिवारका ४ सन्तानमध्ये कान्छा छोरा रहेका तीर्थले सन्त सावित्रा मावि सोमबारेमा १० कक्षासम्मको पढाइ सकेर खाँदबारीमा १२ कक्षासम्म पढेका हुन्। तीर्थ झण्डै ५ वर्षदेखि भारतको मुम्बईमा काकाकाकीसँग बसेर काम गर्दै कमाउँदै आएका थिए। उतै बसेर काम गर्ने र वर्षमा १/२ पटक घर आउने उनी तीन साताअघि मात्रै गाउँमा आएको परिवार स्रोतको भनाइ छ।

आफन्तका अनुसार उनी केही दिनअघि आफन्तकहाँ जान्छु भनेर घरबाट निस्केका थिए। स्थानीयका अनुसार तीर्थको यसअघिको राजनीतिक पृष्ठभूमि त्यस्तो केही देखिँदैन।

विप्लव नेतृत्वका नेताले भने तीर्थ आफ्नो पार्टीको संगठित सदस्य भएको दाबी गरेका छन्। सगरमाथा ब्युरोका एक नेताले ‘घर पुगेर आउने भनेर विदामा गएको, तर बाटोमै प्रहरीले पक्राउ गरी मुठभेडका नाममा यातना दिएर हत्या गरेको छ।’ तीर्थका बाबु रिमानाथ घिमिरे भने पूर्वनेकपा माओवादीका वडा कमिटी सदस्य हुन्। अनलाइन खवरबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार