logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कार्यकर्ता हत्याको बिरोधमा जिल्ला बन्द , जनताले प्रतिरोध गर्ने नेकपाको भनाइ


  • राजनीति
  • शुक्रबार, जेष्ठ १० २०७६

नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज जेठ १० गते शुक्रबार भोजपुर जिल्ला बन्द गरेको छ । गत मंगलबार प्रहरीले  आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै नेकपाले  जिल्ला बन्दको आह्वान गरेको हो।

नेकपाको जिल्ला बन्दले जिल्लाभित्र र बाहिर चल्ने सानाठूला सबै यातायात ठप्प भएका छन्। सवारीसाधन ठप्प भएपछि यात्रु बीचै बाटोमा अलपत्र परेका छन्। सदरमुकामका शैक्षिक संस्थान, उद्योग, पसल खुल्न नसकेको बताइएको छ ।

नेकपा द्धारा आह्वान गरिएको अघोषित बन्दको प्रभाव आशिंक रुपमा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशब थेवेले जानकारी दिए। गत मंगलबार टेम्केमैयुङ गाउँपालिका-१ तिम्मा मैयुङ क्षेत्रमा पर्ने धोद्रे जङ्गलस्थित प्रहरीले  गोली  हानी  घिमिरेलाइ हत्या  गरेको नेकपाको दावी रहेको छ । भने प्रहरीले भने भिडन्त भन्दै आएको छ ।

यता नेकपाले भने प्रहरीको दाबीको खण्डन गरेको छ। विप्लव नेतृत्वको सगरमाथा व्युरोका नेता शैलेशले प्रहरीसँग कुनै मुठभेट नभएको बताएका छन्। आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको उनले आरोप लगाएका छन्। ‘प्रहरीसँगको मुठभेटमा गोली लागेको भनिएको छ। यो सरासर झुट हो। उनले भने, ‘मुठभेटका नाममा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको हो।’

यता नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले एक बिज्ञप्ती जारी गर्दै कार्यकर्ता हत्याको हिसावकिताव हुने बताउदै आगामी १३ गते नेपाल बन्दको घोषणा गरिसकेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार