राजनीति
पोखरा- विप्लव नेकपाका पोलिटब्यूरो सदस्य भरत बमको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
कोहलपुर प्रहरीले बैशाख २५ गते बाँकेको गनापुरबाट पक्राउ गरिएका बमका आफन्तीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
सर्वोच्चमा रिट परेपछि उनलाई प्रहरीले काठमाडौं लगेको थियो । सर्वोच्चले रिट खारेज गरिदिएपछि बमलाई फेरि बाँके ल्याइएको छ ।
प्रहरीले बमलाई विष्फोटक पदार्थमा मुद्दा लगाएको छ । गनापुरमा चन्दा माग्न पुगेका बमले चन्दा नपाएपछि बम विष्फोटन गराइदिने धम्की दिइरहेको बेलामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले बताए ।
विप्लव नेकपालाई प्रतिबन्ध लगाएसँगै सरकारले पार्टीका नेता र गतिविधिप्रति निगरानी बढाएको छ ।