नयाँ दिल्ली- एक महिलाले छिमेकीको १३ वर्षका छोराको बलात्कारको प्रयास गरेकी छन् । भारतको उत्तर प्रदेशमा ३० वर्षीया ति महिलाले किशोरलाई आफ्नै घरमा लिएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । ती महिला माथि १३ वर्षीय किशोरलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।
पक्राउ परेकी महिला माथि जबर्जस्ति करणी प्रयास सँगै कुटपिटको मुद्दा चलाइने बुझिएको छ । पिडित बालकको आमाले समयमानै उद्धार नगरेको भए महिलाले किशोरलाई बलात्कार गरिसक्ने बताइएको छ ।
पिडित किशोरको गुप्तअङ्गमा चोट पुगेको बुझिएको छ । घर नजिकैको चौरमा खेलिरहेका बालक धेरै समय सम्म पनि घर नफर्किएपछि पिडित बालककी आमा आफ्नो छोराको खोजिमा जुटेकी थिइन् ।
खोजि गर्दै गर्दा आफ्नै छिमेकमा रहेकी एक महिलाले लिएर गएको पत्ता लागेको थियो । आरोपी महिलाको घरमा पिडित बालकलाई बन्दक बनाइराखेको अवस्थामा फेला परे पछि बलात्कार प्रयासको घटना बाहिरिएको थियो ।
घटना मंगलबारको भएको बुझिएको छ । पिडित बालकलाई आरोपी महिलाले पहिला फकाउन खोजेकी थिइन् । तर नमानेपछि बाँधेर बलात्कारको प्रयास गर्दै गर्दा बालकको उद्धार भएको थियो ।

संघीय मुलुक नेपालका राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन्। फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भरिएको छ।
शुक्रबार राति काठमाडौंलाई नियाँल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको छ । निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य ‘जाने हो?’ स्कुटर घ्याच्च रोकियो । उत्ताउलो पहिरनमा सजिएकी एक सुन्दर युवतीको आग्रह थियो त्यो।
जो कोहीलाई पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो । एकछिन बार्गेनिङ भयो र एक ग्राहक तिनै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन
रातको १० बजेको छ । ठमेल आसपास धेरै यौनकर्मी महिला र तेस्रो लिंगी सलबलाउन थालिसकेका छन् । युरोप र अमेरिकाको संगत गरेको ठमेल ह्याप्पी फ्राइडेको नशामा डुबेको छ । ठमेलका रात्रिकालीन व्यवसाय मस्त र व्यस्त रूपले चलिरहेछ।
डान्स बार, पव, डिस्को र दोहोरीमा विदेशीभन्दा नेपाली युवायुवतीकै चहलपहल बढी देखिन्छ । झन्डै रातभरजस्तो डान्स बार, पव, डिस्को र दोहोरीभित्र रंगिन संसारमा मस्त बन्ने ठमेल सुस्ताउँदै जाँदा बाहिर अर्को माहोल बनिसक्छ।
रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन उमेर नपुगेकालाई प्रवेश गर्न प्रशासनले रोक लगाएको छ । तर पनि १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरूको आवतजावतसमेत सहजै भइरहेको देखिन्छ।
महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार प्रहरीले कडाइ गरेका कारण उमेर नपुगेकालाई प्रवेश दिने क्रम रोकिएको छ।
प्रहरीले यसबारे जनगुनासो बढेपछि छुट्टै योजना अपरेसन नै चलाएर रात्रिकालीन व्यवसायमा बालबालिकालाई काममा लगाउन नपाइने र यस्ता मनोरञ्जनका नाममा प्रवेशमा कडाइ गरेको थियो । यस्तो भेटिएका व्यवसायीलाई कारबाही हुने तथा किशोर किशोरीलाई नियन्त्रणमा लिई सचेत गराउने तथा अभिभावकको जिम्मा लगाउने गरिएको छ।
प्रहरीले दैनिक रूपमा निगरानी नगर्ने भए तापनि विभिन्न अवस्थामा गरिने चेकजाँचका क्रममा बालबालिकाको प्रवेशमा नियन्त्रण देखिएको एसएसपी लामाको दाबी छ । कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।
रत्नपार्क
‘दाइ जाने हो’
‘कति ?’ १३००, होल नाइटको ५०००
‘रुमको यसैमा!’
रत्नपार्क आसपास राती ९ बजे कानमा ठोकिएको आवाज हो यो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीलगायत रत्नपार्क क्षेत्रमा यसैगरी बार्गेनिङ चलिरहेका छन् अर्थात् जवानीको मोलतोल यसरी नै भइरहेछन्।
यौनकर्मी महिला तथा तेस्रो लिंगीको बिगबिगी छ । कोही नयाँ देख्नेबित्तिकै उनीहरू नजिक पुग्छन् र टाँसिँदै बार्गेनिङ सुरु गरिहाल्छन् । केही असहज जवाफ आउनेबित्तिकै गाली गर्न थाल्छन्।
काठमाडौंको रात्रिकालीन समयलाई लिएर अनेक चर्चा परिचर्चा चल्ने गरेका छन् । विशेषगरी यौनकर्म र अपराधले भरिएको राजधानीको रात्रिकालीन समय पछिल्लो समय मनोरञ्जनको माध्यम बन्न पुगेको छ।
भीआईपीको दबदबा रहेको दरबारमार्ग क्षेत्र, बसपार्क, चाबहिललगायतका स्थानका रात्रिकालीन व्यवसायसमेत अधिकांश नेपाली युवायुवतीले नै धानेको देखिन्छ । मनोरञ्जनको रंगिन दुनियाँमा रमाउँदै गर्दा समाजमा बढेका यस्ता नकारात्मक गतिविधिले राजधानी विकृतिको नमुना सहरका रूपमा विकसित हुँदै गएको छ।
स्कुटीमा सर्भिस
दरबारमार्ग, ठमेलको सञ्चयकोष क्षेत्र, नसिङचोक ज्याठा तथा रत्नपार्क आसपास क्षेत्रमा रातिको समयमा तेस्रो लिंगी तथा यौनकर्मी महिलाको बिगबिगी हुने गरेको छ । एकैछिन फुटपाथ वा त्यस क्षेत्रमा कोही उभिनु मात्रै पर्छ, यस्ता धेरै अफर आइपुग्छन्।
पछिल्लो समय यौनकर्मीहरूले स्कुटी लिएर विभिन्न होटल, अर्पाटमेन्ट र डेरामा पुर्याएर धन्दा चलाउने गरेको देखिएको छ । यौनकर्मीले यसलाई पेसाकै रूपमा प्रयोग गरेका छन् भने अपराधमा समेत संलग्न हुने गरेका कारण र सोही आम्दानीबाट स्कुटीमा सर्भिस दिने अवस्थामा पुगेको प्रहरीको दाबी छ।
उद्धार गरेसँगै पिडित बालकको परिवारले प्रहरीमा उजुरी गरेपछि बलात्कार प्रयास गर्ने महिला पक्राउ परेकी थिइन्। पक्राउ परेकी महिलाको अहिले स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।