logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रोजेक्ट पर्पोजल कसरी लेख्ने (हेर्नुस अनि सिक्नुहोस)


  • अखिल बिश्वकर्मा
  • शुक्रबार, जेष्ठ १० २०७६

Project Title: आयोजनाको नामः • उद्देश्य अनुरुप छोटो र सुहाउँदो नाम राख्ने Project Leader, Address and contact number आयोजनाको मुख्य व्यक्ति, ठेगाना, फोन नम्बरः • आयोजनाको उद्देश्य र कार्यक्रम अनुरुप योग्यता भएको व्यक्तिलाई आयोजनाको प्रमुख बनाउनु पर्छ र सम्पर्क ठेगाना फोन, इमेल साथ उल्लेख गर्नुपर्छ । Implementing organization आयोजना कार्यान्वयन गर्ने संस्था • आयोजनाको प्रस्ताव पेश गर्ने संस्थाको छोटो चिनारी, पृष्टभुमी, स्थापना, उद्देश्य र विगतमा भए गरेका कार्यक्रमहरू, आयव्यय तथा लेखा परीक्षणको रिपोर्ट आदि उल्लेख गर्नुपर्छ । यदि अरू सहयोगी संस्था छन् भने तिनीहरूको नाम, योगदानको विवरण दिनुपर्छ ।

Project Background and Justification:

आयोजनाको पृष्टभुमी तथा औचित्य • प्रस्तावना पत्रमा पेश गरेको आयोजना सम्बन्धी जानकारी, सो को महत्व, विगतमा अन्य निकायले भए गरेका कामको विवण । हाल प्रस्ताव गरेको आयोजनको महत्व, यसको कार्यान्वयनबाट हुने लाभ, उपलब्धि, आयोजनको आवश्यकता आदि उल्लेख गर्नुपर्छ ।

Project Objectives:

आयोजनाको उद्देश्य • आयोजनाको लक्ष के हो, यसले के के उद्देश्य लिएका छन् सो को बुदाँगत रूपमा उल्लेख गर्नुपर्छ ।

Project Outputs:

आयोजनाको प्रतिफल • आयोजना पुरा भए पछि यसबाट के के प्रतिफल के कति मात्रामा प्राप्त हुन्छ ः सो को बुदाँगत रूपमा उल्लेख गर्नुपर्छ ।

Proposed Programs:

आयोजनाका कार्यक्रम • आयोजनामा प्रस्ताव गरिएका लक्ष र प्रतिफल पुरा गर्न के के कार्यक्रमहरू सञ्चालन गर्ने, कसरी गर्ने, कति गर्ने कुन समयमा गर्ने आदि विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।

Methodology:

कार्यान्वयन तरिका • आयोजनामा प्रस्ताव गरिएका कार्यक्रमको कार्यान्वयन कसरी गर्ने, के रणनीति अपनाउने? कुन समयमा गर्ने? कहाँ गर्ने? कसले गर्ने? के के स्रोत साधन चाहिन्छ? आदि विस्तृत रूपमा उल्लेख गर्नुपर्छ । सञ्चालित कार्यक्रमको मूल्याङ्कन के कसरी गर्ने? प्राप्त उपलधिलाई कसरी अन्य क्षेत्रमा विस्तार गर्ने आदिको विवरण उल्लेख गर्नुपर्छ ।

Project Area:

आयोजनाको कार्यक्षेत्र • आयोजना कुन क्षेत्र, जिल्ला गाउँ, टोलमा कार्यान्वयन गर्ने सो को विवरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।

Project Period:

आयोजनाको अवधि • आयोजनाको कार्यान्वयन के कति वर्षका लागि कहिले देखि कुन अवधिसम्म गर्ने सो को ववरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।

Beneficiaries:

आयोजनाबाट लाभान्वित परिवार • आयोजना बाट के कति परिवार प्रत्यक्ष तथा के कति परिवार, सामाजिक वर्ग लाभान्वित हुन्छन सो को विवरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।

Sustainability of the Project:

आयोजनाको दिगोपन • आयोजनाको अवधि सकिए पछि आयोजना के कसरी दीगो रहिरहन्छ सो को विवरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।

Project Logical Frameworks:

आयोजना कार्यान्वयनको सोंच तालिका • आयोजनाको सम्पूर्ण विवरण एउटै तालिका बाट देखिने गरी एक सोंच तालिका वा तर्कयुक्त ढाँचामा प्रस्तुत गर्नु पर्छ ।

Financial Summary :

आयोजनाको वित्तिय साराशं • आयोजना सञ्चालनमा के कति खर्च लाग्छ? के कस्तो जनशक्ति चाहिन्छ? जनशक्तिमा कति खर्च? चाहिने सामाग्री, मेसिन औजार, बीउबिजन आदिमा लाग्ने खर्च? प्रशाशन, लेखा, यातायात, भाडा आदिमा लाग्ने खर्च÷रकमको विस्तृत विवरण प्रस्तुत गर्नु पर्छ ।

Other relevant information:

अन्य आवश्यक जानकारी: • आयोजनाको वातावरणीय प्रभाव, संभावित समस्या आदिको विवरण प्रस्तुत गर्नु पर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार