logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जेठ १२ गतेको राशिफल ,कसले के गर्दा उत्तम हुन्छ


  • ज्योपं. सरोज घिमिरे
  • आइतबार, जेष्ठ १२ २०७६

आज बि.स. २०७६ साल ज्येष्ठ १२ गते आइतबार इश्वी सन् २०१९ मे २६ तारीख ज्येष्ठ कृष्णपक्ष सप्तमी तिथी प्रातः ८ः०१ बजे सम्म पश्चात अष्टमी तिथी धनिष्ठा नक्षत्र १२ः४९ बजे सम्म पश्चात शतभिषा नक्षत्र ऐन्द्र योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा मातंग योग सुर्य उत्तरायण ग्रीष्म ऋतु वि–सप्तमी व्रत, अष्टमी व्रत, गोरखकाली पूजा ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । खानपानको कारणले स्वास्थ सम्बन्धि समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सभासम्मेलनमा सहभागीता जनाउने अवशर प्राप्त हुनेछ । मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

सानो गल्तिका कारण साथि भाई बिचको सम्वन्ध टाढिन सक्छ सजग रहनु होला । अनावश्क खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खानपानको गढ्रबढीले स्वास्थ क्षेत्रमा साधारण समस्या देखा पर्नेछ । आम्दानि भने मध्यम रहला । अनावश्क कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । दाम्पत्य शुखमा कमि आउन सक्छ । ब्यापार ब्यवसायमा भने दिन मध्यम रहनेछ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । बोल्दा होश पुर्याउनु होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आम्दानि क्षेत्र भने मध्यम रहनेछ । मित्र जनको सहयोग बाट गरीएको कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहला । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । बोलिको कारण साथि भाई टाढिन सक्छन् ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारीक साथ सहयोग बाट गरीएका कार्यमा बिशेष सफलता प्राप्त हुनेछ । मेहेनत अनुरुपको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामारे समय रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धार्मिक कार्यका क्षेत्रमा रुचि जाग्नेछ । मित्रजनकोे साथ सहयोगमा गरीएका कार्य द्वारा भाग्योदयको सम्भाबना रहेको छ । चिसो सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

शारीरिक कमजोरी महशूस रहनेछ । सामान्य यात्रा हुन सक्छ । मनोरञ्जन तथा भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिहरु प्रभाबित हुन सक्लान । मालसामान हराउन सक्ला । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मान्यजनको साथ सहयोगले ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । दाम्पत्य जिवन शुखमय बित्नेछ । निर्णय गर्ने क्षमतामा कमि आउनाले स्वास्थ सम्बन्धि समस्याले सताउला । मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । परीश्रम अनुरुपको फल भने प्राप्त हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शत्रु शबल रहनाले खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुने छ । सन्चित रकम खर्चको योग रहेको छ । सामान्य लापरबाहिले मालसामान हराउन सक्ला । साजेदारी तथा नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार