logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

घट्टेकुलो बिस्फोटमा मारिने विप्लव निकट विधार्थी के.सदस्य प्रज्वल शाही


  • राजनिती न्युज डेस्क
  • आइतबार, जेष्ठ १२ २०७६

काठमाडौं- काठमाडौंको घट्टेकुलोमा बम विस्फोटमा परी मृत्यु हुनेको सनाखत भएको छ। आइतबार अपरान्ह लोकमन्जरी कार्कीको घरमा बम विस्फोट हुँदा प्रज्वल शाहीको मृत्यु भएको खुल्न आएको छ। शाही नेत्रविक्रम चन्दसँग निकट बिधार्थी सङठनका केन्द्रीय सद्स्य हुन ।
बम विस्फोटमा परी त्रिचन्द क्याम्पसका विप्लव पार्टीका विद्यार्थी नेता इकाई सभापति रविन केसी घाइते भएका छन्।

उता सुकेधाराको विस्फोटमा परी महोत्तरी घर भई अहिले सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ। अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन। घटनामा ४ जना घाइते भएका छन्।

घटनास्थलबाट विप्लव नेकपाको पर्चा भेटिएपनि ठाकुर भने सो पार्टीमा आबद्ध रहेको वा नरहेको खुल्न सकेको छैन्।
घट्टेकुलोको घटनास्थलबाट विप्लव माओवादीका पर्चा भेटिएका छन्। घटनामा घाइते भएका रविन केसी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष हुन्।

विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ। दुबै घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

यता आज भएका बिस्पाेटका घटनाहरुबारे बुझ्न खाेज्दा नेकपाकाे कुनै स्राेतसग सम्पर्क भएको छैन भने पार्टीको आधिकारिक धारणा पनि याे समाचार तयार पार्दा सम्म सार्वजनिक भएको छैन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार