जेठ १२ गते काठमाडौंको घट्टेकुलोमा ब’म वि’स्फोटमा परी भौतिक जिवन गु’माएका एक युवा हुन प्रज्वल शाही । उनि नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट बिद्यार्थी संगठनका केन्द्रिय सदस्य थिए । आफ्ना कार्यकर्ता तिर्थराज घिमिरेको गि’रफ्तार गरी ह’त्या भएको भन्दै नेकपाले १३ गते सोमवारको लागी घोषणा गरेको थियो । बन्दको अघिल्लो दिन अर्थात १२ गते आइतबार अपरान्ह लोकमन्जरी कार्कीको घरमा ब’म वि’स्फोट भयो । त्यहि प्रज्वल शाहीको मृ’त्यु भएको समाचार आएपछि सामाजिक संजाल नै स्तब्धताले भरिएको छ। शाही अनेरास्ववियु (क्रा’न्तिकारी)का केन्द्रीय सद्स्य हुन । सोहि वि’स्फोटमा परी त्रिचन्द क्याम्पसका इकाई अध्यक्ष रविन केसी घा’इते भएका छन्।
को हुन प्रज्वल शाहिको ?
सधै मधुर दिवगंत प्रज्ज्वल शाहीका बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए। उनले २ जना साना साना भाइहरु दिवस, विवस र एक बहिनीलाई पनि काठमाडौंमै पढाउन ल्याएका थिए । सिटिइभीटी बाट सम्बन्धन प्राप्त ओम समाज कलेज बाट फार्मेसी सकाएका थिए । उनि कलेज पढ्दा देखी नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीति लाइ बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । तल्लो तह बाट राजनीति सुरु गरेका शाहि अखिल क्रा’न्तिकारीका केन्द्रीय सदस्य थिए।
गोरो र उज्यालो अनुहारका प्रज्वल नाम जस्तै उज्याला र हसिला थिए । सबै सग घुलमिल भैहाल्ने स्वाभावका शाहिको मृ’त्युले धेरै मानिसको मन रु’वाएको छ ।
मृ’त्यु पछि सामाजिक संजालमा यसरी सम्झिएका छन प्रज्वल शाहिलाइ
नरबहादुर कार्की

Ncell को एक खर्ब खानेहरु लुटको निद सुतेका होलान, क्रा’न्तिकारी यो’द्धाको सा’हदत भएको छ । भोली देखी उदाउने सुर्यको राप अझ बढी हुनेछ र भोजपुर ह’त्याको हिसाब महङिदै जानेछ । किनकी सरकार दम’न र दादागिरिमा उत्रेको जगजाहेर छ । शो’कलाई श’क्तिमा बदल्नु छ र सन्यमित हुनुछ ।
भवानी ओझा

जे सुन्दै छू,त्यौ असत्य होस प्रभु ??
दिया चन्द

म अझै पत्याएको छैन, तिम्रा बारेमा आएका सबै समाचारहरु झुट सावित भइदेउन प्रज्वल भाई
धिरज खनाल

देश म’रिरहेको हेर्न सकेनौ र आफू स’हादत भयौ!#
अलबिदा प्रज्वल भाइ! हाम्रो छेवैमा बसि हामीले बनाउने योजना हरु खुब ध्यान दियर सुन्थेउ , एकपटक तिमि ले पकाएर दिएको चिया पनि पियको थिए क्यार …! कलिलै उमेरमा देश म’रिरहेको टुलुटुलु हेर्न सकेनौ र आफुले ज्या’न दियौ ….तिम्रो आत्मा को चिर शान्ति को कामना गर्दछु र तिमी अमर रहनेछौ भाइ – अल’बिदा!!!
मार्शल प्रकाश

“हामि नि’शब्द भएका छौ….!!! तपाईको यस् दुः’खद् नि’धनको खबर ले”……!!!
अखिल( क्रा’न्तिकारी)का केन्द्रिय सदस्य CTEVT उपत्यका ईन्चार्ज प्रज्वल शाही को काठमाण्डौमा ष’ड्यन्त्रको जालझेलमा एवम् सुनियोजित तवरबाट घटाइएको बि’स्फोट मा परि दु’खद् नि’धन भएको खबरले सारै दु’खित तुल्याएको छ।
बिप्लवको बिचारधारा एबम पार्टी प्रती को बढ्दो आकर्षण एबम झुकावका कारण (केपि पिके र बादल) सरकारको आन्तरिक गोप्य योजना अनुसार सिआइडी पुलिस प्रसासन लाई योजनाबद्ध रुपमा चौतर्फी फिजाएर बिप्लवका नेता कार्यकर्ताको बसोबास गर्ने ठेगाना पत्ता लगाएर गि’रफ्तार धड’पकड एबम गो’लि हा’नेर या बि’स्फोट गराएर जनताको नजरमा बिप्लव लाई आ’तंककारी दर्शाउदै बिप्लव र बिप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी को नाम बदनाम गराएर जनतामा भ्र’म फैल्याउदै जाने र बिप्लव लाई चौतर्फी रुपमा घेराबन्दी गरेर सि’ध्याउने रणनीति कै उपज आज उपत्यका लगायत का ठाउँ मा भएका घट’नाक्रम हुन…!!! तसर्थ सम्पुर्ण नेपाली जनताले यस्ता घटनाक्रम एबम योजनाबद्ध हम’लाको बि’रोध गर्नै पर्ने बाध्यात्मक अबस्था सृजना भएकोछ।
कम’रेड प्रज्जोल शाही प्रती हार्दिक भावपुर्ण श्र’द्धाञ्जली अर्पण गर्दछौं ।
यहाँको महान त्या’ग तप’स्या बिचार सं’घर्ष एबम ब’लिदानको उच्च सम्मान गर्दै तपाई को ब’लिदान खेर जान दिनेछैनौ क्रा’न्ति थप ससक्त अनवरत रुपमा निरन्तर अगाडी बढ्दै जानेछ….✊✊✊✊ यस दु:खद घडीमा उहाँको घरपरिवार प्रति गहिरो दु:ख व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस ।
शंकर महरा

नि’शब्द छु !बिश्वास लाग्दै छैन !!झिनो आशा छ भने कसरी भनौ यार !!!@ भावपुर्ण श्र’द्धाञ्जली @ #प्रज्वल # ए प्रज्वल जसरी तिमिले अनाहकमा अ’कालमै त्यो लाउलाउ खाउखाउ उमेरमा आफ्नो प्राण त्या’ग गरेर जति पी’डा आमाबुबा, आफन्त ,शुभचिन्तक र हामीलाई दिएर गयो नि , हो ठिक त्यसै, दलाल केपि प्रचण्ड अनि बादल कम्पनीको गिरो’हले पनि महशुस गर्नेछन् !!!!!!!! बस यत्ती भन्छु
आस्था घिमिरे

अर्को नाम थपियो । बलि’दानी कोटामा । तिम्रै र’गत बग्ला पहिले ? सोचेको थिईन । भयंकर क’म्जोरी भयो ! का थियौ ? के गर्दै थियौ? भाइ प्रज्वल ? किन उचित तालिम र परामर्स बिना बि’स्पोटक पदर्थ जस्तो संबेदनसिल बस्तुसङ जि’स्कियौ ? सहयोगी मिलनसार थियौ । सधैको लागि बि’दा भयौ । नि शब्द छु । दु’खित छु । रोक्न खोज्दा खोज्दै रोकिन मान्दैनन् आँखा । अल बिदा प्रिय भाइ ।
पुष्प न्यौपाने

एक महिना अघि काठमाडौंको सुन्धारा स्थित आकाशे पुलबाट जिर्ण गोश्वारा हुलाक र त्यसको विपरित दिशामा उभिएको नेपाल टेलिकमको भव्य महललाइ एकैसाथ आउने गरि क्यामेरामा कैंद गर्दै थिएँ, दाइ–दाइ भन्दै दुइ जना युवा म तिर लम्किए । मास्क खोलेपछि हँसिलो अनुहारका प्रिय भाइ प्रज्ज्वलले अभिवादन गरे । हात मिलायौं के को फोटो खिच्दै हो दाइ भन्दै प्रज्जवलले सोधे, मैले भने हुलाकको वुढ्यौली र टेलिकमको युवा अवस्थालाइ संगै कैंद गर्दै तुलना गरेको । दुवै सरकारी सँस्थान हुन् , दुवै सञ्चारमाध्यम हुन् । हुलाकको दाह्रा नङ्गा्र झरिसक्यो,टेलिकम बडी विल्डकै चरणमा छ । प्रज्जवलले मुस्कुराउँदै भने विषयलाइ गहिरो अर्थमा हेर्ने दाइको शैली गज्जबको छ । एकै छिन कुरा भयो, उनले भने दाइ म सिटीइभिटीमा छुँ , त्यता कुनै काम परे सम्झनुहोला । हुन्छ, अ’प्ठ्यारो बाटोमा छौ, राम्ररी जोगिएर काम गर्नु , मैले यति भनेपछि हामी आ–आफ्नो बाटोमा लाग्यौं । प्रिय भाइ प्रज्ज्वलसंगको त्यहि भेट अन्तिम भयो । खारामा शा’हदत प्राप्त गरेका मेरा प्रिय मित्र प्रमोद साउँदको मृ’त्युको खवरले मलाइ सबैभन्दा धेरै वेचैन बनाएको थियो त्यसपछि सायद आज अलि भावुक वनायो । आस्था र विचार फरक कुरा हो व्यक्तिगत रुपमा प्रज्ज्वलको नम्र शैलीसंग म प्रभावित थिएँ ।
लक्ष्मी रावल

पत्याउनै गारो लाग्दैन प्रज्वल जि रहनु भएन भनेर हिजो भर्खरै कुरा गरेको थिए । मान्छेको जीवन कस्तो रहेछ आज छ भोलि छैन ।देशप्रेमी तपाईं जस्ता धेरै जोशिला युवा जो मुलुकलाइ परिवर्तन को रेखा कोर्न लाई अन्यायका वि’रुद्ध मा एक कदम चाल्न न पाउदै जीवन अ’न्त्य भयो । कस्तो निष्ठुरि दैव पनि थैट जीवन पनि कस्तो? नचाहादा नचाहदै हार्दिक श्रद्’धाञ्जली?