राजनीति
नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा ले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान आगजनी गरेका हुन् ।
हतियारसहित आएका भनिएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर बसका स्टाफ र सबै यात्रुहरुलाई ओरालेर आगजनी गरेका थिए ।
आगजनीबाट बस पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस आगजनी भएको ठाउँ नजिकै शंकास्पद वस्तु पनि फेला परेको थियो ।
यस्तै चितवन मा दुई ट्रकमाथि आगजनी भएकाे छ बन्दकर्ता ले बन्दकाे अबज्ञा गरेकाे भन्दै ट्रकमा आगाे लगाएका हुन । बन्दले देशभरकाे जनजिवन ठप्प भएको छ भने राजधानी काठमाडौं उपत्यका पनि बन्दकाे पुर्ण प्रभाव परेकाे छ ।