राजनीति
नेत्रबिक्रम चन्द विप्लव नेतृत्व नेकपाले आह्वान गरेकाे नेपाल बन्दमा ४ जनाकाे ज्यान गएकाे छ भने देशभर बम बिस्पाेट आगजनी भएका खबरहरु प्राप्त भएका छन् ।
काठमाडौँलगायत देशका विभिन्न स्थानमा आइतबार बम विस्फोट भएको छ । विस्फोटमा परेर काठमाडौँमा चारजनाको मृत्यु भएको छ । राजधानीको सुकेधारा र अनामनगरमा बम विस्फोट हुँदा चारजनाको मृत्यु भएको हो । काठमाडौँकै नागढुङ्गा,चन्द्रागिरि, ललितपुरको लगनखेल बसपार्क, ग्वार्को, सानेपालगायतस्थानमा बम भेटिनुका साथै विस्फोटभएको छ । घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । प्रहरीले भने विप्लव नेतृत्वको नेकपाले विस्फोट गराएकोदाबी गरेको छ । विस्फोटबारे नेकपाले भने कुनै औपचारिक जानकारी दिएको छैन ।
नेपाली सेनाले काठमाडौँका दुवै घटनामा सिलिन्डर विस्फोट नभएको देखिएको र बम डिस्पोजल टोलीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । घटनामा सातजना घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार घाइतेमध्ये एकजनाले आफूहरूले टाइम बम तयार गर्ने क्रममा सुकेधारामा बम विस्फोट भएको बयान दिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्य स्थानमा भेटिएको बम भने सेनाले निष्क्रिय पारेको छ ।
प्रहरीले काठमाडौँको नरेफाँटबाट सोमबारको नेपाल बन्दको प्रचारका लागि मशालजुलुस निकाल्ने तयारी गरिरहेका विप्लव नेकपाका ७ जना कार्यकर्तालाई गिरफ्तार गरेको जनाइएको छ । उनीहरूबाट नेपाल बन्द सफल पारौँ भन्ने बेहोराका पर्चाबरामद गरिएको प्रहरीले जनाएको छ ।
चारजनाको मृत्यु
काठमाडौँ सुकेधारामा आइतबार अपराह्न भएको विस्फोटमा तीन र अनामनगरमा एक गरी चारजनाको ज्यान गएको छ । घाइते पाँचमध्ये चारजनाको परिचय खुलेको जनाइएको छ । घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेजमा पढ्ने विप्लव नेतृत्वको नेकपाको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका नेता रवीन केसी घाइते भएको जनाइएको छ। केसीकोकाठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने बझाङ घर भएका अखिल (क्रान्तिकारी ) केस प्रज्जवल शाहीकाे मृत्यु भएकाे छ ।

प्रज्वल शाही
सुकेधाराको ढलाने पुल नजिक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको ओम अस्पतालमा उपचार गराइएको समाचारमा जनाइएको छ ।
नेकपाको बन्दको प्रभाव देशैभर, ठाउँठाउँमै बम विस्फोट र आगजनी
नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण सोमबार बिहानैदेखि देशैभर बन्दको प्रभाव परेको छ भने ठाउँठाउँमा बम विस्फोट र आगलागीका समाचार प्राप्त भएकाछन् ।

लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने बन्दका कारण जनमानसमा अन्योल उत्पन्न भएको छ । आइतबार साँझ काठमाडौँलगायत देशैभर भएका विस्फोटका कारण चारजनाको मृत्यु भएपछि मानिसहरू थप त्रसित बनिरहेको बेला बन्दले देशका अधिकांश भाग ठप्पप्रायः बनेको देशका विभिन्न क्षेत्रबाट प्राप्त समाचारमा जनाइएको छ । भोजपुरमा प्रहरीले गिरफ्तार गरी पार्टी कार्यकर्ता तीर्थराज घिमिरे ‘राजु’ को हत्या गरेपछि सरकारसँग बदला लिने चेतावनी दिँदै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाल बन्दसहितका कार्यक्रम घोषणा गरेका थिए ।

आइतबार दिउँसो राजधानीकाअनामनगर, सुकेधारा र नागढुङ्गामा भएको विस्फोटमा चारजनाको मृत्यु भइसकेको छ । यी घटनामा घाइते हुनेको सङ्ख्या सात पुगेको छ । प्रहरीका अनुसार ज्यान गुमाउने र घाइते हुनेमा विप्लवकै नेता–कार्यकर्तासमेत छन् । सुकेधारा विस्फोटमा घाइते भएका नेवाः मुक्ति मोर्चाका नेता सुरेन्द्र महर्जनको भनाइ उल्लेख गर्दै स्रोतहरूले बम बनाउँदै गर्दा विस्फोट भएको समाचार प्रकाशन गरेका छन्। थानकोटमा पनि दुईजना घाइते हुनेगरी विस्फोट भएको छ ।
सुकेधारा विस्फोटमा एकजनाको घटनास्थलमै र दुईजनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुनसकेको छैन । सुकेधारामा विस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रवीन केसी घाइते भएका छन् ।
यस्तै चन्द्रगिरि नगरपालिका३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन् । अर्का एकको पहिचान खुलेको छैन ।
लगनखेलमा भेटिएको ‘बम’ डिस्पोज गरिएको थियो भने ग्वार्को, सातदोबाटो र सानेपामा पनि बम फेलापरेको थियो ।
सुरक्षा कडा पार्नु : गृहमन्त्री
विस्फोटका घटनालगत्तै गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सबै सुरक्षा निकायलाई कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदीले बताए ।
