logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सुकेधारा विस्फोटमा मारिने विप्लव निकट युवा संगठनका नेता दिपेन्द्र बिश्वकर्मा


  • अखिल बिश्वकर्मा
  • सोमबार, जेष्ठ १३ २०७६

भाेजपुरमा प्रहरीले हत्या गरिएका तिर्थ घिमिरे ‘राजु’ हत्याकाे बिराेधमा नेकपाद्वारा आयाेजना गरिएकाे नेपाल बन्दका क्रममा १२ गते  राजधानी मा अप्रत्याशित घटनाहरु घटे ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयाेजना गरेकाे बन्दकाे पुर्वसंन्ध्यामा काठमाडौं काे  सुकेधारा र अनामनगरमा दुई शक्तिशाली बम बिस्पाेट भए । उक्त बिस्पाेटबाट  मानबिय क्षति अर्थात ४ जनाको मृत्यु  भएको छ  । अहिले सम्म दुइ जनाको मात्र पहिचान खुलेको छ । सुकेधाराको बिस्फोटमा घाइते भएर उपचारको क्रममा मृत्यु भएका दिपेन्द्र बिश्वकर्मा हुन ।

प्रहरीले अनुसन्धान गरिरहदा घाइते चार जना र मृत्यु हुनेमा दुई जनाकाे पहिचान भएकाे छ। उक्त बिस्पाेटमा परि बझाङ घर भएका अखिल (क्रान्तिकारी ) का केन्द्रीय सदस्य प्रज्वल शाही र कालिकाेट मुम्रा घर भएका युवा संगठन का दिपेन्द्र बिश्वकर्माकाे  निधन भएकाे छ । घाइते हुनेहरुमा रबिन केसी रुकुम सुरेन्द्र महर्जन काठमाडौं हरि खडका काभ्रे छाेटे ठाकुर काे पहिचान भइसकेकाे छ ।

प्रज्जवल शाही 

बिस्पाेटमा परि शाही र सुकेधाराकाे बिस्पाेटमा परी बिश्वकर्माकाे मृत्यु भएको बुझिएकाे छ । अहिलेसम्म मृत्यु हुनेहरुकाे संख्या ४ पुगेपनि दुइजनाकाे अझै पहिचान खुल्न सकेकाे छैन ।

दिपेन्द्र बिश्वकर्मा 

तर प्रहरीले र नेकपा ले भने आधिकारिक रुपमा यसकाे पुष्टि गरिसकेकाे छैन् । यसैबिच अनामनगर बिस्पाेटमा मृत्युु भएका प्रज्जव शाहीकाे सब शिक्षण अस्पताल टिचिङ लगिएकाे बुझिएकाे छ। उनकाे सब पाेस्टमार्टम पछि आफन्तलाइ बुझाउने तयारी भइरहेकाे बुझिन आएकाे छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार