logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

गृहमन्त्री बादललाइ कसले भने ? विप्लव सङ्ग जनसेनाको रुपमा चार कम्पनी छ भनेर !


  • राजनीति
  • सोमबार, जेष्ठ १३ २०७६

पोखरा- गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको बताएका छन ।
आइतबार काठमाडौंमा भएको श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री बादलले भने, उनीहरुले जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन् । जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन् । र, यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका छन् ।’

आइतबार भएको बम विस्फोटका घटनामा चार जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएको उनले संसदलाई जानकारी दिए । घटनामा मृत्यु भएका सबै विप्लव नेकपा सम्बद्ध नै भएको र घाइतेमा पनि अधिकांश उनीहरु नै रहेको बताए ।

नेपालको राजनिती केही बुझिन भन्दै नायिका करिश्माले बाबुरामको पार्टी छाडिन्……..

पोखरा- केही बर्ष पहिले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति पार्टीमा प्रवेश गराउँदै गर्दा यसका संयोजक डाक्टर बाबुराम भट्टराइमा जुन खालको मुस्कान छल्किएको थियो, त्यस्तै खुशी नायिका मानन्धरमा पनि थियो ।

नयाँ शक्ति पार्टीको विकास र विस्तारका लागि नायिका मानन्धर गाउँगाउँ सम्म पुगिन् । तर, उनको खुशी राजनीतिक हिसाबले लामो समयसम्म रहन सकेन । नायिका मानन्धरले नेपालको राजनीति एकदमै वुझ्न नसकिने रहेको भन्दै आफूलाई एकदमै गाह्रो भएको बताएकी छिन् । उनले राजनीतिमा पोजिसन विना आइडिया शेयर गर्न पनि नसकिने भन्दै पदका लागि हुने द्धन्द्ध आफ्ना लागि नसुहाउने रहेछ समेत भनेकी छिन् ।

नयाँ पत्रिकासँग कुरा गर्दै नायिका मानन्धरले आफूले नयाँ शक्ति पार्टीमा गएर धेरै कुरा सिकेको भन्दै घुमाउरो तरिकाले अब यो पार्टी छाडेको बताएकी छिन् । उनले, नयाँ शक्ति पार्टी र फोरमको एकिकरणपछि बनेको स्थितीलाई राम्रो भन्दै यो नयाँ पार्टीमा आफू सामेल हुनैपर्छ भन्ने नरहेको पनि बताएकी छिन् । उनको यो कुराले पनि उनले अब राजनीतिलाई नयाँ चिराबाट अगाडि बढाउन चाहेको वुझ्न सकिन्छ ।

उनले, कुनै पनि पार्टीमा आबद्ध भएर मात्रै राजनीति नहुने भन्दै स्वतन्त्र रुपमा ललितपुर(करिश्माको क्षेत्र)बाट चुनाव लड्न सक्ने पनि उल्लेख गरेकी छिन् । उनले थपडी बजाउनका लागि मात्र राजनीति नगर्ने भन्दै अब आफ्नो भूमिका खोज्ने बताएकी छिन् । उनले, अब कसैको बाँसुरी बजाएर नहिड्ने समेत बताएकी छिन् । पदको लोभमा नलाग्दा कसैको नराम्रो कामको विरोध गर्न पनि गाह्रो नहुने करिश्माको तर्क छ ।

करिश्माले डाक्टर बाबुराम भट्टराइको पार्टी र उपेन्द्र यादवको पार्टी एकिकरणपछि बनेको नयाँ पार्टीमा सहभागी नहुने र कसैको बाँसुरी नबजाउने स्पष्ट पारेकी छिन् ।अनलाइन खबरबाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार