राजनीति
जोमसोम- बेनी सडक खण्डमा मुक्तिनाथ दर्शन गर्न जाँदै गरेकी एक भारतीय तिर्थालुको मृत्यु भएको छ।मुस्ताङको थासाङ गाउँपालिका ४ माथिल्लो घाँसामा भारतीय तिर्थालुको मृत्यु भएको हो।
भारतको बैंलोरकी ६५ वर्षीय एल चुडामणि मुक्तिनाथ जाँदै गर्दा बेहोस भएकी थिइन्।
पोखराबाट बसमा मुक्तिनाथ जाँदै गरेकी उनी बसमा बेहोस भएपछि उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्लागण्डकीमा जीप र मोटरसाइकल एक आपसमा ठोकिदा पोखरामा कार्यरत १ सैनिकको मृत्यु

तनहुँको शुक्लागण्डकी–२, गाछेपानीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । सोमवार दिउँसो पोखराबाट दुलेगौंडातर्फ आउदै गरेको जीपले विपरित दिशाबाट जादै गरेको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको उपचारका लागि लैजाद गर्दा मृत्यु भएको हो ।
ग २ प ९६२२ नं। को दुध बोक्ने जीपले मे ५ प ९२९६ नं। को मोटरसाईकललाई ठक्कर दिदा ईलामको माईजुमाई गाउँपालिका–३ प्वाङका २६ वर्षिय शैलेश लिमडुमको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनी नेपाली सेना गौरीबक्स गुल्म पोखरामा कार्यरत थिए । दुर्घटनापछि मोटरसाईकल भ्यान मुनि पुगेको थियो ।
उनको शव जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा राखिएको छ । जीप चालक र भ्यान प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक सरोज गिरीले जानकारी दिए ।
तस्विर शुक्लागण्डकी एफएम