जेठ १२ गते उज्यालो अन्त्य तिर जादै थियो,गर्मी मौसमले उकुसमुकुस थियो राजधानी । काठमाडौ घट्टेकुलो र सुकेघाराको समाचारले राजधानी एक अप्रत्याशित रुपमा आ’तंकित र स्त’ब्ध हुन्छन । ब’म वि’स्फोट घा’इतेहरुलाइ उपचारका लागी लगिदै भन्ने समाचार आइरहेको थियो । एकै छिनमा एक ब्रोकिङ्ग आउछ वि’स्फोटमा परी क्रा’न्तिकारीका केन्द्रिय नेता प्रज्वल शाहीको मृ’त्यु भयो । मान्छेहरुलाइ कुनै पत्यार नै लागेन । केहि समयमा सामाजिक संजाल पुरा स्त’ब्धताले भरियो । उनलाइ सम्झिदै साथी संगती देखी शुभचिन्तक सम्म , सत्तारूढ देखी सड्क संघ’र्षवाला सम्मले निकै भा’वविह्वल भएर लेख्न थाले ।
काठमाडौंको घट्टेकुलोमा ब’म वि’स्फोटमा परी मृ’त्यु भएका प्रज्वल शाहीको मृ’त्युको खबरले परिवार भाव विह्वल भएका छन् । उनी नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट बिद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए ।
आफ्ना कार्यकर्ता तिर्थराज घिमिरेको गिर’फ्तार गरी ह’त्या भएको भन्दै नेकपाले १३ गते सोमवारको लागि ब’न्द घोषणा गरेको थियो ।
बन्दको अघिल्लो दिन अर्थात १२ गते आइतबार अपरान्ह लोकमन्जरी कार्र्कीको घरमा ब’म वि’स्फोट भए सगै शाहिको घटना स्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको थियो । छोरा प्रज्वलको मृ’त्यु भएको समाचार आएपछि सामाजिक संजालमा आएपछि परिवारको बि’चल्ली भएको छ ।
परिवारको जिम्मेवारी आफुले बोकेका शाहिका भाई बहिनी को पढाई पनि चौपट पर्ने भएको उनका मामा नाता पर्ने नरेश सिंहले बताए ।
उनको बुवा गाउँका सामान्य ब्यापारी हुन् । तर सो पेसाले पनि छोरा छोरीको पढाई खर्च धान्न नसकिने बताउछन् । काठमाडौं मै बस्दै आएका भाई बैनिलाई प्रज्वल आफैँले गएको सात बर्ष गघिबाटै पढाई, बस्ने, खाने खर्चको प्रबन्ध मिलाउदै आएका थिए ।
अब उनका भाई बहिनिलाई गाउँले जिबन भन्दा केही फरक भइसकेको बेला आफ्नो दाइको मृ’त्युका कारण अब बिच बाटोमा बि’चल्ली पारेको उनकी बहिनी बताउछिन् । उनी भन्छिन दाईको मृ’त्युले हाम्रो आगामी भबिष्य चौपट भयो ।
को हुन प्रज्वल शाही ?
बझाङ जिल्ला जयपृथ्बी नगरपालिका वडा नः १ घर भएका बिजय शाहीका जेठा छोरा हुन् प्रज्वल । उनको जन्म दुई हजार ५१ सालमा आमा जानकी देबी शाहीको कोख बाट जन्म भएको थियो ।
शाही अनेरास्ववियु क्रा’न्तिकारीका केन्द्रीय सद्स्य थिए। सधै मधुर स्वभावका प्रज्ज्वल शाही बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए । उनले २ भाई बिवश, बिश्वजन साथै २ बहिनी मनिषा र कलशालाई पनि काठमाडौंमै पढाउन लगेकाका थिए ।
सिटिइभीटी बाट सम्बन्धन प्राप्त ओम समाज कलेज बाट एच ए सकाएका उनि कलेज पढ्दा देखि नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीतिलाइ बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । तल्लो तह बाट राजनीति सुरु गरेका शाही अखिल क्रा’न्तिकारीको केन्द्रीय सदस्य समेत थिए ।
गोरो र उज्यालो अनुहारका प्रज्वल नाम जस्तै उज्यालो र हसिला थिए । सबैसँग उत्तिकै घुलमिल हुने शाहीको मृ’त्युको खबरले यतिबेला कैलाश पिमी गाउँ पुरै शोकमा डुवेको छ।
प्रज्वल शाहीको श’व यात्रामा आशु रोकिएन हेर्नुस