logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रज्वलका पिता भन्छन ‘डाक्टर बनाउने सोच थियो, अनुहार नै देख्न नपाई छोरो खरानी भएछ’

रोकिएनन कसैका ‘आँसु’ प्रज्वल शाहिको शव यात्रामा

  • राजनीति
  • मंगलबार, जेष्ठ १४ २०७६

‘मनमा ठूलो आस र भरोसा मानेर छोरामा लगानी गरें । डाक्टर बनाउने सोच थियो तर डाक्टर हैन अनुहार नै देख्न नपाई छोरो खरानी भएछ । ’ यो भनाइ हो जय पृथ्वी नगरपालिका–१ कैलासका विजय शाहीको ।

आइतबार बेलुका काठमाडौंको घट्टस्थत कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो । उनको मृत्युले अहिले शाही परिवारमा निकै पीडा र छट्पटी भएको छ । ‘गरिबीको मार खेपिरहेको छु । भएको सम्पत्ति डिक–बन्धकी राखेर साहुको ऋण सापट मागें। ठूलो सपना बोकेर छोरालाई एचए (हेल्थ असिस्टेन्ट) पढाउन १६ लाख खर्च गरें । अब कसरी कहाँबाट तिर्न हो ! आफू पनि गयो, हामीलाई पनि ऋणमा डुबायो,’ उनले भने ।

विजय शाहीले प्रज्वलको सहारामा दुई छोरी, अर्का एक छोरा र एक साला गरी चारजनालाई काठमाडौं पढाउन सँगै पठाएका थिए । ‘के छ छोरा खबर भनेर सोध्दा लोकसेवाको तयारी गरिरहेको छु । सानो काम पनि गर्छु भन्थ्यो । पन्ध्र महिनादेखि घरबाट एक रुपैयाँ पनि मागेको थिएन,’ शाहीले भक्कानिँदै भने, ‘छोरो बम विस्फोटमा परेर मृत्यु भएको खबर रेडियो र गाउँलेबाट थाहा पाएँ । अन्य चारजनाको अवस्था के भयोहोला बुझन पाए हुन्थ्यो । काठमाडौं म जान सक्दिनँ ।’ यो समाचार आजको नागरिक दैनिकमा जगत खड्काले लेखेका छन् ।

प्रज्वल शाहीको मृत्युको खवरले पुरै गाउँ शोकमा डुब्यो

काठमाडौंको घट्टेकुलोमा बम विस्फोटमा परी मृत्यु भएका प्रज्वल शाहीको मृत्युको खबरले परिवार भाव विह्वल भएका छन् । उनी नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट बिद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए ।

आफ्ना कार्यकतर्ता तिर्थराज घिमिरेको गिरफ्तार गरी हत्या भएको भन्दै नेकपाले १३ गते सोमवारको लागि घोषणा गरेको थियो ।

बन्दको अघिल्लो दिन अर्थात १२ गते आइतबार अपरान्ह लोकमन्जरी कार्र्कीको घरमा बम विस्फोट भए सगै शाहिको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको थियो । छोरा प्रज्वलको मृत्यु भएको समाचार आएपछि सामाजिक संजालमा आएपछि परिवारको बिचल्ली भएको छ ।

परिवारको जिम्मेवारी आफुले बोकेका शाहिका भाई बहिनी को पढाई पनि चौपट पर्ने भएको उनका मामा नाता पर्ने नरेश सिंहले बताए ।

उनको बुवा गाउँका सामान्य ब्यापारी हुन् । तर सो पेसाले पनि छोरा छोरीको पढाई खर्च धान्न नसकिने बताउछन् । काठमाडौं मै बस्दै आएका भाई बैनिलाई प्रज्वल आफैँले गएको सात बर्ष गघिबाटै पढाई, बस्ने, खाने खर्चको प्रबन्ध मिलाउदै आएका थिए ।

अब उनका भाई बहिनिलाई गाउँले जिबन भन्दा केही फरक भइसकेको बेला आफ्नो दाइको मृत्युका कारण अब बिच बाटोमा बिचल्ली पारेको उनकी बहिनी बताउछिन् । उनी भन्छिन दाईको मृत्युले हाम्रो आगामी भबिष्य चौपट भयो ।

को हुन प्रज्वल शाही ?

बझाङ जिल्ला जयपृथ्बी नगरपालिका वडा नः १ घर भएका बिजय शाहीका जेठा छोरा हुन् प्रज्वल । उनको जन्म दुई हजार ५१ सालमा आमा जानकी देबी शाहीको कोख बाट जन्म भएको थियो ।

शाही अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सद्स्य थिए। सधै मधुर स्वभावका प्रज्ज्वल शाही बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए । उनले २ भाई बिवश, बिश्वजन साथै २ बहिनी मनिषा र कलशालाई पनि काठमाडौंमै पढाउन लगेकाका थिए ।

सिटिइभीटी बाट सम्बन्धन प्राप्त ओम समाज कलेज बाट एच ए सकाएका उनि कलेज पढ्दा देखि नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीतिलाइ बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । तल्लो तह बाट राजनीति सुरु गरेका शाही अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य समेत थिए ।

गोरो र उज्यालो अनुहारका प्रज्वल नाम जस्तै उज्यालो र हसिला थिए । सबैसँग उत्तिकै घुलमिल हुने शाहीको मृत्युको खबरले यतिबेला कैलाश पिमी गाउँ पुरै शोकमा डुवेको छ ।

रोकिएनन कसैका ‘आँसु’ प्रज्वल शाहिको शव यात्रामा….. (भिडियो सहित)

जेठ १२ गते उज्यालो अन्त्य तिर जादै थियो,गर्मी मौसमले उकुसमुकुस थियो राजधानी । काठमाडौ  घट्टेकुलो र सुकेघाराको समाचारले राजधानी एक अप्रत्याशित रुपमा आतंकित र स्तब्ध हुन्छन । बम विस्फोट घाइतेहरुलाइ उपचारका लागी लगिदै भन्ने समाचार आइरहेको थियो । एकै छिनमा एक ब्रोकिङ्ग आउछ विस्फोटमा परी क्रान्तिकारीका केन्द्रिय नेता प्रज्वल शाहीको मृत्यु भयो । मान्छेहरुलाइ कुनै पत्यार नै लागेन । केहि समयमा सामाजिक संजाल पुरा स्तब्धताले भरियो । उनलाइ सम्झिदै साथी संगती देखी शुभचिन्तक सम्म , सत्तारूढ  देखी सड्क संघर्षवाला सम्मले निकै भावविह्वल भएर लेख्न थाले ।

काठमाडौंको घट्टेकुलोमा बम विस्फोटमा परी मृत्यु भएका प्रज्वल शाहीको मृत्युको खबरले परिवार भाव विह्वल भएका छन् । उनी नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट बिद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए ।

आफ्ना कार्यकर्ता तिर्थराज घिमिरेको गिरफ्तार गरी हत्या भएको भन्दै नेकपाले १३ गते सोमवारको लागि घोषणा गरेको थियो ।

बन्दको अघिल्लो दिन अर्थात १२ गते आइतबार अपरान्ह लोकमन्जरी कार्र्कीको घरमा बम विस्फोट भए सगै शाहिको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको थियो । छोरा प्रज्वलको मृत्यु भएको समाचार आएपछि सामाजिक संजालमा आएपछि परिवारको बिचल्ली भएको छ ।

परिवारको जिम्मेवारी आफुले बोकेका शाहिका भाई बहिनी को पढाई पनि चौपट पर्ने भएको उनका मामा नाता पर्ने नरेश सिंहले बताए ।

उनको बुवा गाउँका सामान्य ब्यापारी हुन् । तर सो पेसाले पनि छोरा छोरीको पढाई खर्च धान्न नसकिने बताउछन् । काठमाडौं मै बस्दै आएका भाई बैनिलाई प्रज्वल आफैँले गएको सात बर्ष गघिबाटै पढाई, बस्ने, खाने खर्चको प्रबन्ध मिलाउदै आएका थिए ।

अब उनका भाई बहिनिलाई गाउँले जिबन भन्दा केही फरक भइसकेको बेला आफ्नो दाइको मृत्युका कारण अब बिच बाटोमा बिचल्ली पारेको उनकी बहिनी बताउछिन् । उनी भन्छिन दाईको मृत्युले हाम्रो आगामी भबिष्य चौपट भयो ।

को हुन प्रज्वल शाही ?

बझाङ जिल्ला जयपृथ्बी नगरपालिका वडा नः १ घर भएका बिजय शाहीका जेठा छोरा हुन् प्रज्वल । उनको जन्म दुई हजार ५१ सालमा आमा जानकी देबी शाहीको कोख बाट जन्म भएको थियो ।

शाही अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सद्स्य थिए। सधै मधुर स्वभावका प्रज्ज्वल शाही बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए । उनले २ भाई बिवश, बिश्वजन साथै २ बहिनी मनिषा र कलशालाई पनि काठमाडौंमै पढाउन लगेकाका थिए ।

सिटिइभीटी बाट सम्बन्धन प्राप्त ओम समाज कलेज बाट एच ए सकाएका उनि कलेज पढ्दा देखि नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीतिलाइ बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । तल्लो तह बाट राजनीति सुरु गरेका शाही अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य समेत थिए ।

गोरो र उज्यालो अनुहारका प्रज्वल नाम जस्तै उज्यालो र हसिला थिए । सबैसँग उत्तिकै घुलमिल हुने शाहीको मृत्युको खबरले यतिबेला कैलाश पिमी गाउँ पुरै शोकमा डुवेको छ।

प्रज्वल शाहीको शव यात्रामा आशु रोकिएन  हेर्नुस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार