पोखरा- धम्पुसमा भेनाजुले आफ्नै सालाको हत्या गरेका छन । माछापुच्छ्रे गाउँपालिकाको वडा नं। ७ धम्पुुस ओखरबोटका अन्दाजी ६०६५ वर्षका सन्ते विकले ५२ वर्षका आफ्नै साला मानकाजी विकको हत्या गरेका हुन् । विहान १० बजे नातिनीलाई विद्यालयपुर्याएर फर्कने क्रममा बाटो कुरेरढुङ्गाले थिचेर हत्या गरेका हुन् ।
स्थानीयका अनुसार उनीहरु बीच पहिला पनि समान्य झगडा हुने गरेको बताएका छन । विहानभरी नै उनले मार्छु भन्दै हिडेको प्रत्यक्षदर्शीले बताए । हत्याराले मृतकका भाईका छोरा र अन्य महिलालाई पनि ढुङाले प्रहार गरेका भए पनि भागेर ज्यान बचाएको उनीहरुले जानकारी दिएका छन् ।
मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ भने हत्यारा प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएका छन।

धनगढी- अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव बर्खास्त भएका छन्। सुदूरपश्चिम प्रदेशमा उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट हटाइएको हो।
केही दिन पहिले स्वकीय सचिव भट्टले महिला प्रहरीलाई यौन प्रस्ताव गरेको खबर बाहिर आएको थियो। स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेको भन्दै तीब्र आलोचना भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको उपसभामुखको सचिवालयले जनाएको छ। बिगतमा पनि उपसभामुखका अंगरक्षकलाई उनले यौन प्रस्ताब राख्ने गरेको स्रोतले बताएको छ।
स्वकीय सचिवकै हर्कतबाट हरेक दुई महिनामा अंगरक्षक फेरिने गरेको स्रोतको दाबी छ। पछिल्लो पटक अंगरक्षक फेरिएलगत्तै यौन प्रस्ताव गरेको खबर बाहिर आएको थियो। सुदूरपश्चिम प्रदेश नेकपाका सह इञ्चार्ज समेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मणदत्त जोशी सहितका नेकपाका नेताहरूको निर्देशनमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको बताइएको छ।
लाइसेन्स निकालिदिने भन्दै घुस लिदै गरेको अवस्थामा पोखरामा दुई जना प्रकाउ
पोखरा- स्काभेटरको लाइसेन्स निकालिदिने भन्दै घुस लिदै गरेको अवस्थामा पोखरामा एक व्यक्तिलाई अख्तियारले प्रकाउ गरेको छ।एक व्यक्तिसँग ४० हजार घूस लिँदालिँदै हेवी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरामा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछानेलाई सोमबार राति अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो ।
यसै गरी उनलाई सहयोग गर्ने गरेको भन्दै मेट्रो ड्राइभिङ इन्स्ट्च्यिूटका संचालक खगेन्द्रप्रसाद काफ्लेलाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
लामिछानेले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीबाट लिखित परीक्षा र ट्रायलमा उत्तीर्ण गराइदिने भनी सेवाग्राहीसँग घूस मागेको सूचना र उजुरीका आधारमा घूस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । ड्यामसाइडस्थित बार्दली रेष्टुरेन्ट एन्ड बारबाट दुवैजनालाई पक्राउ गरिएको हो ।
यसैगरी ड्राइभिङ इन्स्टिच्युटका संचालक काफ्लेको साथबाट १ लाख ६ हजार नगद, डायरीलगायत अन्य प्रमाणहरु बरामद भएको अख्तियार स्रोतले जनाएको छ ।
लाइसेन्स निकालिदिने भन्दै काफ्लेले विभिन्न व्यक्तिबाट उक्त रकम लिएका थिए । सत्यतथ्य एकिन गर्न र यातायात कार्यालयका कर्मचारीको संलग्नता भएनभएको बारे थप छानबिन भइरहेको अख्तियारले जनाएको छ ।
सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको हो । मन्त्रालयको प्रस्तावअनुसार लोकसेवाले आगामी १५ जेठदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी गरेको छ । लोकसेवाले कर्मचारी आवेदनको कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । नवौँ तहका अप्राविधिक–प्राविधिक पदको खुला प्रतिस्पर्धाको परीक्षा भदौमा लिने र असोजमा नतिजा प्रकाशित हुने लोकसेवाले जनाएको छ । अन्तर्वार्ता र सिफारिस भने कात्तिकमा हुनेछ ।
त्यस्तै, छैटौँ तहका अप्राविधिक पदको पदपूर्ति दुई चरणमा हुने कार्यतालिका छ । पहिलो चरणको परीक्षा साउनमा लिएर सोही महिना नतिजा सार्वजनिक गर्नेछ । दोस्रो चरणको परीक्षा भने भदौ–असोजमा लिई असोज–कात्तिकमा नतिजा आउनेछ । दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा हुनेछ । छैटौँ तहकै प्राविधिक पदको परीक्षा पनि दुई चरणमा गर्ने कार्यतालिका छ । पहिलो चरणको परीक्षा र नतिजा साउनमै हुनेछ भने दोस्रो चरणको परीक्षा भदौ–असोजमा भएर नतिजा कात्तिकमा प्रकाशित हुनेछ । दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा गर्ने लोकसेवाको तयारी छ ।
कुन प्रदेशमा कति कर्मचारी माग ?

पाँचौँ तहको अप्राविधिक पदमा पहिलो चरणको परीक्षा र नतिजा साउनमा हुनेछ । दोस्रो चरणको परीक्षा भदौ–असोजमा भई नतिजा असोज–कात्तिकमा आउनेछ । दुवैको अन्तर्वार्ता र सिफारिस भने असोज–कात्तिकमा आउनेछ । पाँचौँ तहका प्राविधिक पदको पदपूर्ति खुलाबाटै हुनेछ । यसको परीक्षा साउन–भदौमा भई भदौमा नतिजा आउने तथा अन्तर्वार्ता र सिफारिस भदौ–असोजमा हुनेछ ।
चौथो तहका अप्राविधिक पदको पदपूर्ति खुलाबाट दुई चरणमा हुनेछ । पहिलो चरणको परीक्षा साउनमा गरेर साउनमै नतिजा प्रकाशित गर्ने लोकसेवाको तयारी छ । दोस्रो चरणको भने परीक्षा भदौ–असोजमा भई नतिजा असोज–कात्तिकमा आउनेछ । यस तहको अन्तर्वार्ता र सिफारिस असोज–कात्तिकमै गर्ने लोकसेवाले जनाएको छ ।
त्यस्तै, चौथो तहका प्राविधिक पदको पदपूर्ति पनि खुलाबाटै हुनेछ । परीक्षा साउन–भदौमा लिएर नतिजा भदौमा आउनेछ । अन्तर्वार्ता र सिफारिस भदौ–असोजमै गर्ने कार्यतालिका लोकसेवाको छ । महिला विकासतर्फका पदको हकमा विज्ञापनमा उल्लेख भएअनुसार हुने लोकसेवाले जनाएको छ ।