राजनीति
काठमाडौं– अर्थमन्त्रीले बजेट पढ्दा लाखौ रकम लिने गरेको हल्ला पहिलेदेखि नै चल्ने गरेको छ । तर वास्तविकता के हो ? लाखौ रुपैयाँ लिने हल्लाका बीच पूर्व अर्थमन्त्रीसँग कुरा गर्यौँ तर उहाँहरुले हल्लामा कुनै सत्यता नभएको जानकारी गराए ।रातोपाटीले लेक्खेको छ।
तत्कालीन नेकपा माओवादीको सरकार हुँदा (प्रचण्डको सकारका पालामा) अर्थमन्त्री बनेका डा। बाबुराम भट्टराई अर्थमन्त्रीले बजेट भाषण गर्दा कुनै पनि रकम नपाउने बताउँछन् । उनले भने, ‘अर्थमन्त्रीले पसिना बगाउने हो, रातभर नसुती—नसुती बजेट बनाउने हो , पसिना र सास्ती बाहेक केही पाउँदैनन् ।’
यता धेरै पटक बजेट पढिसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महत अर्थमन्त्रीले बजेट पढ्दा पैसा पाउने हल्लामा कुनै सत्यता नभएको बताउँछन् ।
उनी भन्छन्, ‘अहिलेसम्म बजेट पढ्दा पैसा पाएको मलाई थाहा छैन, बजेटमा अर्थमन्त्रीको मात्र होइन विभिन्न कर्मचारी, मन्त्रालयको सहयोग रहन्छ, अर्थमन्त्रीले बजेट पढ्नेमात्र हो । अर्थमन्त्रीले बजेट पढ्नु उसको कर्तव्य हो ।’
महत नेपालमा मात्र होइन अन्र्तराष्ट्रिय अभ्यासमा पनि कसैले बजेट पढेर पैसा पाएको नसुनेको बताउँछन् ।

कालिकोट- पलाता गाउँपालिकाको थिर्पुमा कार्यक्रम सम्बोधन गरि रहेका बेला मुख्य मन्त्री लक्षित बम बिष्फोट भएको छ।
प्राप्त जानकारी अनुसार प्रदेश ६ को मुख्य मन्त्री महेन्द्र बहादुर शाहिलाई केन्द्रित गराई भएको विष्फोटमा भने मन्त्री जोगिएको भन्ने खबर पाइेको छ। मुख्य मन्त्री शाहीले सम्बोधन सुरु गर्न साथ बिष्फोट भएको स्थानियले बताएका छन।
एक्कासी कार्यक्रम नजिकै भएको विष्फोट भए पछी सुरक्षा कर्मीहरु पनि अतालिएर भागभाग भएको समाचार प्राप्त भएको छ।विष्फोट कार्यक्रम स्थल र मुख्य मन्त्री चडि आएको हेलिकप्टर नजिकै भएको भन्ने पानि खबर प्राप्त भएको छ। थप जानकारी आउन बाकींँ
रोकिएनन कसैका ‘आँसु’ प्रज्वल शाहिको शव यात्रामा….. (भिडियो सहित)
जेठ १२ गते उज्यालो अन्त्य तिर जादै थियो,गर्मी मौसमले उकुसमुकुस थियो राजधानी । काठमाडौ घट्टेकुलो र सुकेघाराको समाचारले राजधानी एक अप्रत्याशित रुपमा आतंकित र स्तब्ध हुन्छन । बम विस्फोट घाइतेहरुलाइ उपचारका लागी लगिदै भन्ने समाचार आइरहेको थियो । एकै छिनमा एक ब्रोकिङ्ग आउछ विस्फोटमा परी क्रान्तिकारीका केन्द्रिय नेता प्रज्वल शाहीको मृत्यु भयो । मान्छेहरुलाइ कुनै पत्यार नै लागेन । केहि समयमा सामाजिक संजाल पुरा स्तब्धताले भरियो । उनलाइ सम्झिदै साथी संगती देखी शुभचिन्तक सम्म , सत्तारूढ देखी सड्क संघर्षवाला सम्मले निकै भावविह्वल भएर लेख्न थाले ।
काठमाडौंको घट्टेकुलोमा बम विस्फोटमा परी मृत्यु भएका प्रज्वल शाहीको मृत्युको खबरले परिवार भाव विह्वल भएका छन् । उनी नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट बिद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए ।
आफ्ना कार्यकर्ता तिर्थराज घिमिरेको गिरफ्तार गरी हत्या भएको भन्दै नेकपाले १३ गते सोमवारको लागि घोषणा गरेको थियो ।
बन्दको अघिल्लो दिन अर्थात १२ गते आइतबार अपरान्ह लोकमन्जरी कार्र्कीको घरमा बम विस्फोट भए सगै शाहिको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको थियो । छोरा प्रज्वलको मृत्यु भएको समाचार आएपछि सामाजिक संजालमा आएपछि परिवारको बिचल्ली भएको छ ।
परिवारको जिम्मेवारी आफुले बोकेका शाहिका भाई बहिनी को पढाई पनि चौपट पर्ने भएको उनका मामा नाता पर्ने नरेश सिंहले बताए ।
उनको बुवा गाउँका सामान्य ब्यापारी हुन् । तर सो पेसाले पनि छोरा छोरीको पढाई खर्च धान्न नसकिने बताउछन् । काठमाडौं मै बस्दै आएका भाई बैनिलाई प्रज्वल आफैँले गएको सात बर्ष गघिबाटै पढाई, बस्ने, खाने खर्चको प्रबन्ध मिलाउदै आएका थिए ।
अब उनका भाई बहिनिलाई गाउँले जिबन भन्दा केही फरक भइसकेको बेला आफ्नो दाइको मृत्युका कारण अब बिच बाटोमा बिचल्ली पारेको उनकी बहिनी बताउछिन् । उनी भन्छिन दाईको मृत्युले हाम्रो आगामी भबिष्य चौपट भयो ।
को हुन प्रज्वल शाही ?
बझाङ जिल्ला जयपृथ्बी नगरपालिका वडा नः १ घर भएका बिजय शाहीका जेठा छोरा हुन् प्रज्वल । उनको जन्म दुई हजार ५१ सालमा आमा जानकी देबी शाहीको कोख बाट जन्म भएको थियो ।
शाही अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सद्स्य थिए। सधै मधुर स्वभावका प्रज्ज्वल शाही बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए । उनले २ भाई बिवश, बिश्वजन साथै २ बहिनी मनिषा र कलशालाई पनि काठमाडौंमै पढाउन लगेकाका थिए ।
सिटिइभीटी बाट सम्बन्धन प्राप्त ओम समाज कलेज बाट एच ए सकाएका उनि कलेज पढ्दा देखि नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीतिलाइ बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । तल्लो तह बाट राजनीति सुरु गरेका शाही अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य समेत थिए ।
गोरो र उज्यालो अनुहारका प्रज्वल नाम जस्तै उज्यालो र हसिला थिए । सबैसँग उत्तिकै घुलमिल हुने शाहीको मृत्युको खबरले यतिबेला कैलाश पिमी गाउँ पुरै शोकमा डुवेको छ।
प्रज्वल शाहीको शव यात्रामा आशु रोकिएन हेर्नुस