logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भलिबलको पोलले च्यापिएर बाग्लुङमा ७ वर्षीय बालकको मृत्यु


  • राजनीति
  • बुधबार, जेष्ठ १५ २०७६

बागलुङ -जिल्लाको वडिगाड गाउँपालिका- १ दगामा भलिबलको पोलले च्यापिएर एक बालकको ज्यान गएको छ। स्थानीय जंगबहादुर पुनका ७ वर्षीय छोरा निर्मल पुनको सोमबार साँझ स्थानीय युवाले बलको नेट तानिरहेको समयमा पोल ढल्दा टाउकोमा गम्भीर चोट लागेको थियो।

उनको उपचारको क्रममा ज्यान गएको स्थानीयले बताएका छन्। पुन दगातुन्डाँडा प्राविको कक्षा २ का छात्र हुन्। घटनाबारे भलिबल खेलिरहेका युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी चौकी खर्बाङले जनाएको छ।

दैलेख : नारायण नगरपालिका-१० भवानीमा बुधबार बिहान करेन्ट लागेर ७ वर्षीय समीर रावतको ज्यान गएको छ। बिहान करिब १० :३० बजे घरमै खेलिरहेका बेला एक्‍कासी बिजुलीको तार छुन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको बुझिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार