राजनीति
दस वर्षे जनयुद्धकालिन मुद्दामा माओवादी नेता बालकृष्ण ढंगेलले जेल चलान भएका छन् । सहकर्मीहरु चुनावी रौनक सहित मैदानमा छन । यता ल ढुंगेल भने जेलको चिसो खान बाध्य भएका छन् ।
दस वर्षे जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड भोट माग्दै चितवन गाउँगाउँ पुगिरहेका छन् । त्यस्तै जनयुद्धको नेतृत्वकर्ता धेरै नेताहरु भोट मागिरहेका छन् । त्यस्तै केही सहकर्मीहरु चुनाव खारेज अभियानमा जुटेका छन् । तर, बालकृष्ण भने कात्तिक–मंसिरको कठ्याग्रीदो रात बिताइरहेका छन् ।
जेलमा रहेका माओवादी नेता ढुंगेलले चुनाव खारेज अभियानको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टीका महासचिवलाई सम्झेका छन् । जेल पुगेका एक शुभचिन्तगसँग ढुंगेलले आफूले विप्लवलाई सम्झिरहेको बताएका छन् । उनै शुभचिन्तकमार्फत सम्झेका कुरा भनिदिन समेत भनेका छन् ।
“ढुंगलेजीले आफूले विप्लवलाई सम्झिरहेको बताए । आफूले सम्झिरहेको कुरा विप्लवलाई भनिदिन समेत भनेका छन्” बालकृष्णका शुभचिन्तकले भने । चुनावी प्रचारमा लागेका नेताहरुको बारेमा कुनै चासो नै राख्नु भएन समेत उनले बताए ।