logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

देशका बिभिन्न स्थानबाट काठमाडौंका लागि उडेका पाँच जहाज भैरहवामा आपतकालिन अवतरण


  • सलमान खान
  • बिहिबार, जेष्ठ १६ २०७६

भैरहवा- देशभरका विभिन्न स्थानबाट काठमाडौंका लागि उडान भरेका भरेका जहाजहरु भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा अवतरण भएका छन् ।

काठमाडौंको मौसम खराबीका कारण ती जहाज भैरहवामा आपतकालिन अवतरण गरिएका हुन् । काठमाडाैंमा बुधबार दिउसाे अचानक भारी वर्षा भएकाे छ ।

काठमाडौंका लागि भैरहवा विमानस्थलबाट उडान भरेका दुई वटा, भद्रपुर विमानस्थलबाट उडेका दुई, र जनकपुरबाट एउटा गर पाँचवटा जहाज भैरहवा विमानस्थलमा अवतरण भएको प्रहरीले जनाएको छ ।

भैरहवा विमानस्थलका प्रमुखले भने विमानको आपतकालिन अवतरणबारे सूचना दिन मानेनन् । विमानको आपतकालिन अवतरणपछि यात्रुहरु विमानस्थल क्षेत्रमा यत्रतत्र छरिएर बसेका छन् । विमानस्थलले यात्रु व्यवस्थापन गर्न नसकेको यात्रुहरुको गुनासो छ ।अन्नपुर्ण पोष्टमा लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार