राजनीति
पोखरा- १२ औँ गणतन्त्र दिवस समारोहमा सहभागिताका लागि भएको सवारीका क्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीको सवारीमा अवरोध पुर्याएको भन्दै चार जनालाई प्रहरीले प्रकाउ गरेको छ।
राष्ट्रपति भण्डारीको टुँडिखेलमा आयोजित १२ औँ गणतन्त्र दिवस समारोहमा सहभागिताका लागि भएको सवारीका क्रममा अवरोध पुर्याउने चार मोटरसाइकल चालकलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
बा ६८ प २९३९ का चालक बालाजु बस्ने २७ वर्षीय सुजन श्रेष्ठ, बा६९प १३६९ का स्वयम्भू बस्ने २१ वर्षीय रोशन बुर्लाकोटी, प्रदेश नं। ३, ००६ प ६८३५ नम्बरको स्कुटीका चालक बालाजु बस्ने २५ वर्षीय सुजन केसी र बा६१प ६८६६ नम्बरको मोटरसाइकलका चालक नयाँ बजार बस्ने २७ वर्षीय नारायण थापालाई सवारीसाधनसहित प्रहरीले पक्राउ गरेको हो।
लैनचौर तर्फबाट केशरमहल चोकमा आउँदै गरेका उनीहरुले राष्ट्रपतिको सवारी भइसकेका कारण जाम खुलाउनु प¥यो भनि ट्रफिक प्रहरीसँग विवाद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालक र सवारीसाधननलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको प्रहरीले जनाएको छ